back
CTIZAN AD

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

वि.सं.२०८३ वैशाख २१ सोमवार

423 

shares

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । आज धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उहाँका छोरा १० वर्षीय दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी, ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको दाहसंस्कार गरिएको हो ।

युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर पुगेछि आज अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुम पूर्वको रुकुमकोटबाट बुढाथोकी परिवारका सदस्य पूजाआजा गर्न त्यसतर्फ गएका थिए, तर जलजला नपुग्दै गाडी दुर्घटना परेको हो । दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । मृत्यकमध्ये १४ जनाको गत शनिबार नै दाहसंस्कार गरिएको थियो ।

वि.सं.२०८३ वैशाख २१ सोमवार १६:०७ मा प्रकाशित

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...