back

संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग

वि.सं.२०७५ असोज १ सोमवार

282 

shares
GLOBAL IME AD
NTC AD

१ असोज, विराटनगर । नेपालको संविधानबाट मालिक बनेका नेपाली जनता अब समृद्धिको पर्खाइमा छन ।

नेपाली जनतालाई सार्वभौमसत्ता बनाउने यो संविधान जारीपछि कार्यान्वयनमा ल्याउने चुनौती पनि नेपालका राजनीतिक दलहरुले सजिलै सामना गर्नेछन । स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउन नै देखिएको ठूलो चुनौतीलाई चिर्दै राजनीतिक दलहरु निर्वाचनमा होमिएका थिए ।

निर्वाचनपछि अहिले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गराउन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बनेको छ । संविधान प्राप्तिपछि अहिले मुलुकमा राजनीतिक कार्यसूचीले विश्राम लिएको छ र समृद्ध नेपाल, सुखी नेपाली बनाउन स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय सरकार र राजनीतिक दल लागिपरेका छन ।

महिला, शान्ति, अनुसन्धान तथा विकास केन्द्र(वपरडेक)का केन्द्रीय अध्यक्ष तथा अधिवक्ता सञ्जु साह संविधान महिलाको हकमा अझै विभेदकारी भएको जनाउँदै यसलाई परिमार्जन गर्नु जरुरी छ भन्छन । उनले भने, “संंविधानमा नागरिकताका विषयमा आमा वा बुबा भनिएको छ र आमाका नाममा सन्तानले अझै नागरिकता पाइरहेको छैन, बुबालाई अनिवार्य गरिएको छ, महिलाको सम्पत्तिको हकमा विवाह गरेर गइसकेपछि अंशका रुपमा पाएको सम्पति फिर्ता गर्नुपर्छ, स्थानीय तहमा ३३ प्रतिशत भए पनि निर्णायक तहमा सो नदेखिएकाले संविधान महिलाको हकमा विभेदकारी छ ।”

उनले स्थानीय स्वायत्त शासन ऐन २०५५को नियमावली ५६ मा योजना तर्जुमामा महिला १० प्रतिशत अनिवार्य र सोही ऐन २०७४ मा महिलाको प्रतिशत अनिवार्य नभएको बताउँदै मधेशी दलित महिलाको उत्थान एवं विकासमा संविधान अनुदार देखिएकाले जनताले कल्पना गरेको जस्तो संविधान बनाउन परिमार्जन हुनुपर्नेमा जोड दिए ।

सुनसरी इनरुवाका वरिष्ठ अधिवक्ता केदार भण्डारीले संविधान जारी गर्ने समयमा केही राजनीतिक दलको असहमति देखिए पनि तीनै तहको निर्वाचनपछि ती दलबाट स्वीकार्य भइसकेको जिकिर गर्दै नागरिकताका सम्बन्धमा देखिएको समस्या संविधानमा परिमार्जन गर्न राजनीतिक दलहरु सहमत भइरहेको प्रतिक्रिया दिए ।

प्रदेश नं १ प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले महिला आन्दोलन र सङ्घर्षबाट धेरै महिलाको अधिकारलाई स्थापना गर्न संविधान सफल भए पनि जनसङ्ख्याका आधारमा समानुपातिक अधिकार सुरक्षित हुन सकेको बताए । उनले बाबुको पहिचान नभएको र बेपत्ता भएको अवस्थामा आमाका नामबाट सन्तानले नागरिकता लिइरहेको पाइए पनि पहिचान र बुबा भएको उल्लेख भएमा आमाको नामबाट सन्तानले नागरिकता लिन समस्या रहेको बताए । महिलाको अधिकार स्थापित गराउन संविधान कार्यान्वयन गर्न अब कुनै कसर राख्नु नहुने प्रदेश सदस्य रेग्मीको भनाइ छ ।

संघीय समाजवादी फोरम नेपाल मोरङका जिल्ला अध्यक्ष राजकुमार यादवले पहिचानसहितको संघीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता र अधिकारसहितको ११ प्रदेश तथा राज्यको विशेष संरचनाका रुपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैर भौगोलिक विशेष क्षेत्रलाई राजनीतिक संरचनाका रुपमा राख्न वर्तमान संविधान संशोधन हुनुपर्ने बताउछन ।

यही असोज ३ गते संविधान दिवस मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ जनाको मूल समारोह समिति बनेको छ । असोज १ र २ गते संविधानका विषयमा विभिन्न कार्यक्रम तथा अन्तक्र्रिया एवं लेखरचना प्रकाशन गर्ने र रेडियो एवं एफएफमा संवाद कार्यक्रम सञ्चालन गर्ने तथा असोज ३ गते स्थानीय रंगशालामा सभा आयोजना गरी मनाइने आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । प्रदेश नं १ का मुख्य सचिव केदारप्रसाद न्यौपानेको संयोजकत्वमा व्यवस्थापन समिति पनि बनेको प्रवक्ता आचार्यले वताए ।

वि.सं.२०७५ असोज १ सोमवार १५:३७ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...