२ असोज, दिपायल डोटीका एक कानुन व्यवसायीले वकालत छाडेर गाईपालनमा लागेका छन्ु । दिपायल नगरपालिका ६ सिलगढीका सुजित कुमार श्रेष्ठले आफ्नै जग्गामा १६ वटा जर्सी गाई पालेका छन् ।
श्रेष्ठले कानुनमा स्नातक र समाजशास्त्रमा स्नाकोत्तर गरेका छन् । अहिले पनि कहिलेकाँही मुद्दा आयो भने उनी कानुन व्यवसायीको काम गर्छन् । नौ वर्षसम्म गैरसरकारी संस्थामा काम गरेका उनले संघीय राजधानीबाट कृषि कर्म सुरु गरेका हुन् । काठमाडौको दहचोकमा उनको आफ्नै ‘साम्भवी एग्रो प्रोडक्सन प्रा.लि’ छ । १० रोपनी जगा भाँडामा लिएर उनले त्यहाँ गाई, कुखुरापालन र तरकारी खेती गरिरहेको पनि आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
आफ्ना तर जिल्लाबासीे डोटीमा पनि व्यवसाय गर्न सल्लाह दिएपछि श्रेष्ठले दिपायल सिलगढी नगरपालिका ५ द्धारीखेलस्थित चिसापानीमा फार्म सञ्चालन गरेका छन् । अहिले उनको साम्भवी एग्रो प्रोडक्सनको केन्द्रीय कार्यालय दिपायल हो भने दहचोकमा शाखा छ ।
वि.सं.२०७५ असोज २ मंगलवार ०८:२८ मा प्रकाशित