back
CTIZAN AD

अन्तराष्ट्रिय नेपाली समाज कोरियाको अधिवेशन हुँदै

वि.सं.२०७५ असोज ३ बुधवार

687 

shares


सोल, कोरिया । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको यहि सेप्टेम्बर २५ तारिखको दिन दोस्रो अधिवेशन हुने भएको छ । गत मे महिनाको २८ तारिखका दिन बसेको विशेष भेलाले अधिवेशनको मिति तया गरेको थियो ।

लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान र कोरियाको सङ्गठनलाई सशक्त रूपमा पुनर्ताजगी गराउन अधिवेशन महत्वपूर्ण रहेको आईएनएस कोरिया कार्यबाहक संयोजक जीवन साशङ्करले बत्ताए ।

‘अबको निकास, समावेशी विकास’ नारा लिएर ‘पाँच स’को प्रतिबद्वतासहित नयाँ शक्ति प्रवासले तीव्र गतिमा सङ्गठन व्यापक विस्तार गर्दै लगेको छ । नयाँ शक्ति पार्टी एशिया प्यासिफिक जिल्लाअन्तर्गत मलेसिया, जापान, कोरिया, हङ्कङ, मकाउ र थाइल्याण्डमा सङ्गठन रहेको र सबैतिर पुनर्गठन, विशेष भेला, अधिवेशन भैरहेको पार्टी केन्द्रीय कार्यकारी सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीले बत्ताए । उनले थपे, ‘भिजन पाँच, मिशन पाँचसहित नयाँ शक्ति पार्टीले शक्तिशाली वैकल्पिक शक्ति निर्माणगर्दै देशलाई समृद्विको बाटोमा डोर्‍याउनेछ ।’

सोल दोङ्देमुनस्थित आलोए माइन भवनको दोस्रो तला (३ नम्बर गेटबाट उरी बैंक हुँदै पचास मिटर अगाडी देब्रे साइड)मा हुने उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।

कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई आउँदै गरेको कोरियन महान पर्व छुसकको अवसरमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल निमार्णको लागि वैकल्पिक शक्तिको अपरिहार्यताको पक्षमा हातेमालो गर्न आईएनएस कोरियाको दोस्रो अधिवेशनमा उपस्थितीको लागि कोरियावासी सबै नेपालीहरूमा सादर निमन्त्रणा पनि आयोजकले गरेको छ।

वि.सं.२०७५ असोज ३ बुधवार २१:०१ मा प्रकाशित