back
CTIZAN AD

पर्बतका किसान किबी खेतीतर्फ आकर्षित

वि.सं.२०७५ असोज ४ बिहीवार

717 

shares

४ असोज, पर्वत । थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् ।

नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत चार वर्षदेखि एक रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आउनुभएको छ । पर्याप्त फल दिन थालेपछि नगरपालिकाका सवै वडामा किबी खेतीको विस्तार गर्न थालिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

कुश्मा नगरपालिका–३ दुर्लुङ, वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ आर्थर डाँडाखर्कमा किबी खेती विस्तार गर्न लागिएको हो । यसका लागि कृषकलाई तालीम प्रदान गरिनुका साथै खेती गर्न सहयोग गरिनेछ । “चालू आवमा एक हजारभन्दा बढी किबीका बिरुवा रोपिनेछ,” जोशीले भने । लमजुङ र सिन्धुलीबाट बिरुवा खरीद गर्ने तयारीमा नगरपालिका छ । बाँझो जमीनको सदुपयोग गर्न किबी खेती विस्तार गर्न लागिएको जोशीको भनाइ छ ।

जिल्लामा मोदी गाउँपालिकाको भुकताङ्ले र चित्रे तथा जलजला गाउँपालिकाको लेखफाँट र शालिजामा किवी खेती गरिँदै आएको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा बिक्री हुँदै आएको छ । यहाँ सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबीको खेती गर्ने गरिएको छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार १४:२७ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...