५ असोज, काठमाडौँ । नेकपाको राजनितिक र संगठनात्मक निर्णयकर्ता नेता फुर्सदमा छन् । पार्टीले ठोस जिम्मेवारी तय नगर्दा नेताहरु फुर्सदिला बनेका हुन । नेकपाको विधानमा केन्द्रिय सचिवालयले केन्द्रिय स्तरका योजना, कार्यक्रम र कार्यसुची तयार पार्ने र स्थायी समितिबाट निर्णय लिने व्यवस्था छ । तर, पार्टीका तल्लो तहका एका प्रक्रिया केन्द्रिय विभागको फर्मेसन नहुँदा स्थायी समितिमै रहेका नेता बेरोजगार बनेका हुन । स्थायी समितिलाई नेकपामा नितिगत निर्णय लिने निाय मानिन्छ ।
नेपकाको निर्णय प्रक्रिया दुई अध्यक्षमा केन्द्रित छ । बिहिबार पनि दुई अध्यक्षबीच एकता प्रक्रिया टुंगो लगाउने र नेतृत्व बाँडफाँडमा केन्द्रित रहेर छलफल भयो । ९ सदस्यीय सचिवालयका नेताले जिम्मेवारी पाएपनि स्थायी समितिका नेता भुमिकाहिन छन् । जिम्मेवारी तय नहुँदा सरकारमा रहेका नेता सरकारमै र केन्द्र तथा प्रदेश संसदमा रहेका संसदीय भुमिकामा सिमित छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ असोज ५ शुक्रवार ०७:५१ मा प्रकाशित