back
CTIZAN AD

जेठानी-देवरानीको झगडाले शिशुको मुखमा एसिड

वि.सं.२०७५ असोज ५ शुक्रवार

606 

shares

५ असोज, काठमाडौँ । तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पािरिवारिक कलहकै कारण भएको खुलेको छ ।

उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् ।

मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने माइतिघरका सहोदर दिदीबहिनी पनि हुन् । मुस्कानका बुबा महावीरले बेलाबेला झगडा पर्ने गरेको बताए ।

‘मेरो छोरो गर्भमा हुँदा जानकीले छोरो जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन् ।’ उनले भने, ‘मेरो श्रीमतिले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो । पैसा तिर्न आलि ढिलो भए पछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसै दिन अबको दुई दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।’ प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्, बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:१७ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...