back
CTIZAN AD

जनप्रतिनिधिमाथि आर्थिक अनियमितताका उजुरी बढ्दै

वि.सं.२०७५ असोज ५ शुक्रवार

660 

shares

५ अरोज, काठमाडौं । मुलुकमा शुसासन कायम गर्ने प्रतिवद्धता जनाएर निर्वाचित विजयी प्रतिनिधिहरुले कार्यकालको छोटो समयमै आर्थिक अनियमितता गरेको जनगुनासो बढ्न थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा जनप्रतिनिधिहरुले आर्थिक अनियमितता गरेको उजुरी बढ्दै गएको श्रोतको भनाई छ ।

सर्तकता केन्द्रका अनुसार केही महिना यता जनप्रतिनिधिहरुले आर्थिक अनियमितता गरेको, उपभोक्ता समितिसँग मिलेमतो गरेर मेयर÷उपमेयरले भ्रष्टाचार गरेको, गाडी खरिदमा समेत अपारदर्शिता अपनाएको जस्ता गुनासो आउन थालेको पनि आजको नागरिक दैनिकमा समाचार छ ।

जनप्रतिनिधिहरुको विषयमा केन्द्रमा आएका उजुरी मध्ये अधिकांश उजुरी उपभोक्त समितिसँग मिलेमतो गरेर विकासको काममा अवरोध पुर्याएको गुनासो आउने गरेको केन्द्रको भनाई छ ।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले केही महिना यता स्थानीय तहमा आर्थिक अनियमितता भएको उजुरी बढ्न थालेको बताए ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:१२ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...