५ असोज, खोटाङ । आठवर्षपछि खोटाङ बाम्राङका कर्ण राई कुटिपिटबाट बेहोस बनेको अवस्थामा फेला परे । हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङको आहाल डाँडामा २०६७ साल असार ८ गते बिहान मरणासन्न अवस्थामा फेला परेका राईलाई हेलिकप्टरमा चार्टर गरेर काठमाडौं लगियो तर, गम्भीर अवस्थामा रहेका उनको होस् नखुल्दा कुटपिटमा संलग्न दोषिको पहिचान हुन सकेन् । फलस्वरुप राईको परिवारले किटानी जाहेरी दिन सकेन ।
घाइतेको होस् खुलेपछि मात्र कुटपिटमा संलग्न दोषि पक्राउ गर्न सकिने भन्ने प्रतिक्षामा परिवार बस्यो । नभन्दै ८ वर्षपछि राईको होस् खुल्यो अनि कुटपिटमा संलग्नको पहिचान खुलेको उनका भतिज युगसन किरातले बताए ।
राईलाई मरणासन्न गरी कुटपिट गर्ने गोपिकृष्ण बस्नेत, र कुमार भनिने राम कुमार थापा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएपछि प्रहरीले उनीहरुमाथि कारबाही अगि बढाएको छ । आजको नागरिक दैनिकबाट
वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:२३ मा प्रकाशित






























