
५ असोज, बझाङ । बझाङको मष्टा गाउँपालिकाो खिकालामा एक शिक्षिका नै चरेस तस्करीमा संलग्नता भएको खुलासा भएको छ । बरामद गरेको चरेस र पक्राउ परेका युवासँग प्रहरीले सोधपुछ गर्दा शिक्षिकान नै संलग्न रहेको खुलेको हो ।
शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिँदा मष्टा गाउँपालिका २ मा रहेको गौरीशंकर प्राविमा राहत कोटामा कार्यरत जयपृथ्वी नगरपालिका १० चैनपुर घर भएकी शिक्षिका हस्ता पुरीले नै चरेस खरिद गरेर ढुवानी गरेको बुझिएको आजको राजधानी दैनिकमा समाचार छ ।
‘विगत १० वर्षदेखि गौरीशंकर प्राविमा कार्यरत शिक्षिका हस्ता पुरीले यसअघि पनि यस्तो धन्दा गर्दै आएकी रहिछन् ।’ प्रहरी नायब उपरीक्षक प्रविण धितालले भने । प्रहरीका अनुसार उनले स्थानीयबाट खरिद गरेर १८ किलो चरेस जम्मा गरेकी रहिछन् ।
वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:२९ मा प्रकाशित






























