back
CTIZAN AD

माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनी असफल, आयोजनाको भविष्य नै अन्योलमा

वि.सं.२०७५ असोज ५ शुक्रवार

657 

shares

५ असोज, काठमाडौँ । ४ वर्ष बित्दा समेत ९०० मेगाावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन भारतीय कम्पनी असफल भएको छ ।

। निर्धारित समयमा पनि लगानी जुटाउन नसकेपछि भारतीय कम्पनी गा्रन्धी माल्लिर्काजुन राव (जीएमआर)ले आयोजनामा लगानी जुटाउने म्याद थप्न बोर्ड समक्ष आवेदन दिएको छ । जीएमआरको म्याद असोज २ गते अर्थात सेप्टेम्बर १८ सम्म थियो । बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेले जिएमआरले फेरि पनि एक वर्ष म्याद थप्न आवेदन दिएको बताए । उसको पत्रको अहिले बोर्डको प्राविधिक टिमले अध्ययन गरिरहेको छ । जीएमआरको विषयमा बोर्ड बैठकले निर्णय गर्नुपर्ने भएकाले अहिले नै केही भन्न नसकिने उनले बताए । अब एक महिना पछि बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने प्रवक्ता वाग्लेले जानकारी दिए ।
२ पटक म्याद थप गर्दा पनि आयोजना बनाउन आवश्यक पर्ने झण्डै १ खर्ब २० अर्ब रुपैयाँ लगानी जुटाउन जीएमआर असफल हुँदै आएको छ । केहि समय अघि माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५०० मेगावट विद्युत बंगलादेशले किन्ने सहमति भईसकेको छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको २८ औं बोर्ड बैठकले माथिल्लो कर्णालीका लागि १ वर्ष म्याद थप गरेको थियो ।
सन २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०१६ सेप्टेम्बर १८ सम्म लगानी जुटाउनु पर्ने थियो । त्यस अवधिमा पनि लगानी जुटाउन नसकेपछि बोर्डले फेरी १ वर्ष थप गरेको थियो । यस्तै सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउन ढिलाइ गरेको र जग्गा अधिग्रहमा भएको बिलम्बका कारण आयोजनका काममा ढिलाइ भएको भन्दै बोर्डले गत वर्ष कात्तिकमा पनि १ वर्ष म्याद थप गरेको हो । जीएमआरले लगानी जुटाउन समय पाएको ४ वर्ष बितिसकेको छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:३१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...