back
CTIZAN AD

 मुख्यमन्त्री भन्छन्-‘संविधान संशोधन नभएसम्म संघर्ष जारी’

वि.सं.२०७५ असोज ६ शनिवार

642 

shares

६ असोज, राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लाल बाबु राउतले संविधान संशोधनको मुद्दा आफूहरुले पहिलो प्राथमिकतामै राखेको भन्दै संशोधन नभएसँम्म संघर्ष जारी रहने बताएका छन् ।
सप्तरीको कन्चनपुरमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्यस्तो बताएको आजको राजधानी दैनिकमा समाचार छ ।
उनले भने,‘सरकारमा गएर हामीले मुद्दा विर्सजन गरेका छैनौं, अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छन् ।’
मधेसका नाममा राजनीति गर्ने अन्य पार्टी भन्दा आफूहरुको पार्टी अझै पनि अग्रपंििक्तमा रहेको दाबी गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका राउतले भने,‘हाम्रो पार्टी अहिले पनि मधेसी, पहाडका जनजाति तथा उपेक्षित समुदायको अधिकारका लागि संघर्षरत छ । कसैले आफूलाई यस मुद्दामा बढी क्रान्तिकारी देखाउनुको तुक छैन् । ’

वि.सं.२०७५ असोज ६ शनिवार ०८:१६ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...