back
CTIZAN AD

हार्दिक श्रद्धासुमन नेतृ साहना प्रधान

वि.सं.२०७५ असोज ६ शनिवार

1.1K 

shares


६ असोज । नेपालको लोकतान्त्रिक आन्दोलनकी प्रेरणा, राजनीतिमा महिला आन्दोलनको अगुवा नेतृमध्येकी एक साहना प्रधानले संसार छाडेको आज ४ वर्ष भएको छ । प्रधानको २०७१ साल असोज ६ गते निधन भएको थियो । उनी लामो समयदेखि मस्तिष्कघातबाट पीडित थिइन् ।

साहनाको जन्म वि स १९८४ सालको असारको २७ गते नेपालको राजधानी काठमाडौको मुटुमा रहेको असन टोलमा जन्मिएकी थिइन् ।
राणाहरूले नागरिकहरूप्रति गरेको कठोरता र अनुदार भाव नै साहनालाई राणाहरूको विरोधी बन्ने उत्प्रेरणा बन्यो । साहना प्रधान सानै उमेरदेखि विद्रोही स्वभावको थिइन् । पुरुषसमेत राजनीतिमा राणाहरुको डरले खुल्न चाहन्थेनन्, त्यस्तो बेला साहना प्रधान सक्रिय भएर राजनीतिमा होमिइन । महिला अधिकार र महिलालाई शिक्षामा जोड दिँदै उनी राजनीतिमा लागेको देखिन्छ ।

२००४ सालमा एस्एल्सी र लखनऊको इजावेल धोवन कलेजबाट आईए सकिन । आईए अध्ययनसकेपछि २००७ सालमा नेपाल फर्केर तीनवटा स्कूल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कूलमा पढाउन सुरु गरिन । पुन अध्ययनलाई अघि बढाइन् । सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएको ७२ जना परीक्षार्थीमध्ये उनी एकमात्र महिला थिइन ।

महिला संघको महासचिव भइन, २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुर र पाटनको एकसाथ नेतृत्व गरिन् ।

पाँच बर्षको हुँदा व्यापारको शिलसिलामा उनको सपरिवार बर्मा गएपछि बर्मामा नै प्रधानले विभिन्न स्कुलमा कक्षा छ सम्मको अध्ययन गरिन् । बर्मामा युद्ध भड्किने क्रममा बर्मामा रहेका नेपालीहरु असुरक्षित महशुस गर्दै फर्कने क्रमसंगै उहाको परिवार पनि बर्माबाट नेपाल फर्कियो । नेपाल आएपछि प्रधानको दाजु र भाइलाई पढ्नको लागि स्कुल पठाइयो भने दिदीबहिनीहरुलाई भने घरमै पढ्न लगाइयो । प्रधानले घरमै मेहनत गरेर एसएलसी पास गरिन् ।

सोही अनुरुप २००४ सा बैसाक १७ गते राणा शासनको विरुद्धमा भएको नागरिक आन्दोलनमा प्रधानलाई पाँच सय पर्चा लेख्न लगाइएको थियो । त्रिचन्द्र क्याम्पसमा भाषण गर्ने क्रममा उनी पक्राउ गरिन् । सो दिन नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान थिए । उनीहरु गिरफ्तार भए १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्किकी थिइन ।

२००७ सालमा प्रधानले पार्टीको सदस्यता प्राप्त गरिन् । २००८ सालमा पार्टी जिल्ला समितिको सदस्यता प्राप्त गरिन् भने महिला विद्यार्थी युवा गरी तीन वटा संगठन हेर्ने जिम्मेवारी पनि पाइन् । पदम कन्या कलेजमा प्राध्यापन पेशा गर्दागर्दै उनी भूमिगत भइन् । भूमिगत रुपमा पार्टीको काममा सक्रिय हुन थालिन् । राजनीतिमा लागेको आरोप लगाउदै तत्कालिन सरकारले प्रधानलाई २०३२ सालमा पदम कन्या क्याम्पसबाट निष्कासन गर्यो ।

जेलमा बस्दा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसँग उनको चिनजान भयो र विवाह पनि भयो । २००९ विस २०१० माघ २ गते पुष्पलाल श्रेष्ठसँग विवाह भयो । विवाहपछि पारिवारिक दायित्वका कारण राजनीतिक सक्रियतामा कमि भयो । तर २०३५ साउनमा पुष्पलालको निधनपश्चात् पुनः राजनीतिमा सक्रियता बढाइन् । पुष्पलाल समूहको पार्टीमा उनी प्रवक्ता बनिन् । पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गरेका थिए । २०४३ चैत्र १४– १७ मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (मार्क्सवादी) गठन गर्दा उनी पार्टीको सचिव भइन् ।

२०३६ सालमा भएको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रियतापूर्वक लागिन् भने २०४६ सालको संयुक्त जनआन्दोलनमा वामपन्थीहरुका तर्फबाट बाम मोर्चाका अध्यक्ष भई आन्दोलनको नेतृत्व गरिन् ।

साहनाले लामो समय वाम आन्दोलनको नेतृत्व गरिन् । २०४७ साल चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) र नेकपा (मार्क्सवादी) एक भई नेकपा (एमाले)को निर्माण गरियो ।

०४८ सालमा नेपाल कम्युनिष्ट माले र माक्र्सवादी एकीकरण हुँदा प्रधान नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भइन् । ०४९ सालमा भएको पार्टीको पाचौ महाधिवेसनपमा केन्द्रीइ सदीइ एवं पोलिटब्युरो सदस्यको रुपमा जिम्मेवारी पाइन् । ०५४ मा भएको छैठौ महाधिवेसनपछि पार्टी विभाजित हुंदा प्रधान नेपाल कम्युनिष्ट पार्टी मालेको अध्यक्ष भइन् । ०५८ सालमा माले र एमाले पुनः एकीकरण भएर नेकपा एमाले भयो । ०५९ सालमा भएको पार्टीको सातौ महाधिवेसनबाट केन्द्रीय सदस्य तथा स्थायी समितिको सदस्यको रुपमा जिम्मेवारी पाइन् । ०६५ मा भएको पार्टीको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

उनी २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्य मन्त्री, २०४८ र २०५१को संसद्को निर्वाचनमा क्रमशः काठमाडौं क्षेत्र नं ४ र ६ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य भइन् । त्यसअघिको मन्त्रीपरिषद्मा उनी महिला तथा समाजकल्याणमन्त्री बनेकी थिइन ।

उनी लगायत सचेत महिलाहरुको संघर्षकै कारण आज नेपाली महिला राजनीति दक्षिण एशियामा अग्रपंक्तिमा छ । महिलालाई मतदानको अधिकार र शिक्षाका अधिकारका लागि संघर्षशिल महिला नेतृ साहना प्रधानको स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन ।


नेतृ साहना प्रधानले २०४३ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको छैटौँ राष्ट्रिय सम्मेलनमा राजनीतिक रिपोट प्रस्तुत गरेकी थिइन । सम्मेलनको केन्द्रीय संयोजक समितिका तर्फबाट सम्मेलनमा उनले प्रस्तुत गरेको राजनीतिक रिपोर्टलाई सम्मेलनले पारित गरेको थियो । सम्मेलनमा प्रस्तुत रिपोर्टका केही अंश :
प्रिय कमरेडहरु,
नेपालको कम्युनिष्ट आन्दालनमा सर्वाधिक ऐतिहासिक महत्व राख्ने चरणहरु आजसम्म चारवटा देखा परेका छन् । १) नेपाल कम्युनिष्ट पार्टीको जन्म २) तृतीय महाधिवेशन ३) तेस्रो ऐतिहासिक सम्मेलन ४) अलिहे सम्पन्न हुन गैरहेको यो छैटौँ राष्ट्रिय सम्मेलन ।

……………………………………..

नेपाल कम्युनिष्ट पार्टीका घोषणापत्र लिएर १५ सितम्बर १९४९ का दिन का. पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । केवल मनोगत आधारहरुल मात्र तत् पार्टीलाई जन्माएको छैन, त्यसका लागि पर्याप्त वस्तुतगत आधारहरु थिए । त्यत्ति बेलाका विश्वका कैयन बर्जुवा राजनैतिक पार्टीहरुले आ–आफ्नो देशको राष्ट्रिय मुक्ति आन्दोलनमा निर्णायक विजय प्राप्त गर्ने र आ–आफ्नो क्रान्तिकारी आन्दोलनलाई शोषणरहित एवम् प्रगतिशिल समाज व्यवस्थाको निर्माण गर्ने दिशातिर परिलक्षित गर्नुको साटो आ–आफ्नो वर्गीय स्वार्थहरुलाई नै जीवन मर(ाको प्रश्न सम्झिने नितान्त स्वभाविक प्रकृति विश्वभर प्रकट भइरहेको बेलामा नेपालका बुर्जुवा वर्गीय पार्टीहरुले देशीय सामान्तवाद भित्रकै अन्तरविरोधीहरुमार्फत किचित प्रजातान्त्रिक अधिकारहरु प्राप्त गर्ने शर्तमा उनीहरुसँग सम्झौतावादी नीति अख्तियार गरिरहेको वस्तुतगत परिस्थितिले नेपाल कम्युनिष्ट पार्टीको जन्मलाई अपरिहार्य तुल्याएको थियो ।
………………………………….
हामीहरुले शान्ति, प्रगति र स्वतन्त्रताका लागि अन्तर्राष्ट्रियतसरमा अमेरिकी साम्राज्यवादलाई विश्व मानवताको प्रमुख दुश्मन ठहराएका छौँ । विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका मतभेदहरु आपसी छलफलको आधारमा समाधान हुनुपर्दछ र यसै आधारबाट सर्वहारा अन्तर्राष्ट्रियवादको विकास हुन सक्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ । राष्ट्रियस्तरमा सामान्ती अधिनायकवादी पंचायती व्यवस्था नेपाली जनताको प्रमुख दुश्मन हो । यसले नेपाली जनतालाई आधारविहिन बनाएाके छ, देशको विकास र प्रगतिमा अवरोध खडा गरेको छ । अत? यस व्यवस्थासँग अन्तरविरोध राख्ने समस्त वर्ग, वर्गस्तर र राजनीतिक पार्टीहरुलाई एकताबद्ध गरी संयुक्त जनआन्दोलनमार्फत प्रजातन्त्रको पुनःस्थापना गर्नु आजको प्रमु कार्य हो भन्ने कुरामा हामीहरुको सहमति छ ।
…………………………………
भारतीय जनताले साम्राज्यवादी साम्प्रदायिकवादी जनतन्त्रको आफ्नो लामो संघर्षबाट स्वतन्त्रापछि स्थापना गरेको असंलग्न आन्दोलनको एक महत्वपूर्ण राष्ट्रको रुपमा विश्वशानित्का लागि खेल्दै आएको भूमिकालाई भारतीय जनता र नेपाली जनताको मैत्रीपूर्ण सम्बन्धको रुपमा उच्चतम मुल्यांकन गर्दछौँ । तर भारतीय एकाधिकार पूँजिवादले र काला बजारियाहरुले हाम्रो बन्द व्यापारमा कब्जा गरी राष्ट्रियतामाथि नै खतरा पैदा गर्ने जो कार्य गरेका छन् र नेपाली जनताको अपार शोषण गरीरहेको छ र भारतीय एकाधिकार पूँजिवाद र कालाबजारीयाहरुको नेपालका सत्ताधारीहरु र उच्च नोकरशाही कर्मचारीहरुसँग मिलीभगत गरी, नेपालमा तस्करीतन्त्र र कालाबजार चलाइ रहेछन् । यसको घोर विरोध गर्दछौँ ।
…………………………..
अन्तर्राष्ट्रियस्तरमा अमेरिकी साम्राज्यवाद, विश्व प्रतिक्रियावाद र भारतीय एकाधिकार पूँजीवादको विरोध गर्ने, विश्व शान्तिको लागि संघर्ष गर्ने, विश्व समाजवादी राष्ट्रहरुको बीचमा देखिएका मतभिन्नताहरुलाई अन्तर्राष्ट्रिय सर्वहारावादी भावनाको आधारमा हल हुनुपर्दछ भन्ने कुरामा जोड दिने, राष्ट्रियस्तरमा निर्दलीय पंचायती व्यवस्थाको विरोधमा प्रजातान्त्रिक आन्दोनलको पक्षमा उभिने, सबै राजनीतिक पार्टीहरुमाथिको प्रतिबन्ध हटाइ नेपाली जनताको जनतानित्तक अधिकार र नागरिक स्वतन्त्रताको बहालीको संघर्ष नै आजको संघर्षका मूल नाराहरु हुन् । यीनै नाराहरुको आधारमा साझा संघर्ष गर्नु नै कम्युनिष्ट एकताको लागि पहिलो दरिलो कदम हुनेछ ।
……………………………
‘एकता र संघर्ष नै संयुक्त मोर्चाको सही नीति हुँदा नेपाली कांग्रेसको संघर्ष लागेमा एकता र त्यस पार्टीको साम्राज्यवाद तथा विदेशी एकाधिकार पूँजिवादसँग सामान्तवादसँग सम्झौतापरस्त नीतिमा सैद्धान्तिक संघर्ष गर्नुपर्दछ । त्यसै निम्ति नेपाली कांग्रेससँग संयुक्त मोर्चा हुनु हुँदैन भन्ने भनाइ गलत हो भने संयुक्त मोर्चाको नामा हाम्रो स्वतन्त्र राजनैतिक कार्यक्रम र संगठनको जरुरीलाई महशुस नगर्नु पनि अर्को गलत हो । ’

वि.सं.२०७५ असोज ६ शनिवार १०:२७ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...