back
CTIZAN AD

काश्मिरका प्रहरी अधिकारीद्धारा राजिनामा

वि.सं.२०७५ असोज ६ शनिवार

633 

shares

६ असोज, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।

उक्त क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्

उनीहरुले पछिल्ला समयमा सशस्त्र हतियारधारी आतङ्ककारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै उनीहरुले प्रहरी सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।

उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात आतङ्ककारी समूहले आक्रमण बढाएका छन् । पछिल्ला केही दिनयता प्रहरीमाथि ती आतङ्ककारीले गरेका आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी नै मारिएका छन् ।

प्रहरीमाथिको सो हमलापछि पछिल्लो समयमा प्रहरीमा असुरक्षाको त्रास बढेको र जसका कारण प्रहरी अधिकारीहरु नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् ।
तर भारतको गृह मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । उक्त मन्त्रालयले प्रहरी अधिकृतहरुबाट त्यस्तो राजिनामा नआएको जनाएको छ ।
भारतीय प्रहरीका अधिकारीहरुले आफूहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै यस जागिरबाट आफूहरुलाई मुक्ति चाहिएको भिडियो सार्वजनिक गरेका छन् ।
उक्त भिडियोले सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयको तर्फबाट यो प्रतिक्रिया आएको हो ।
भारतको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी यस समाचारको खण्डन गरेको जनाइएको छ ।
उक्त मन्त्रालयले ती प्रहरी अधिकारीले प्रहरी सेवामा रहेर काम गर्न इच्छुक नरहेको भनी दिएको भनिएको राजिनामालाई एउटा गलत समाचार भनेको छ ।
यो समाचार काश्मिरमा रहेर काम गरिरहेका सुरक्षा निकायका विरुद्धमा आएको एउटा ‘प्रोपागाण्डा’ भनी भारतीय गृह मन्त्रालयले शनिबार जनाएको छ ।
तर पनि शनिबारका भारतीय अखबारहरुमा भने यो समाचार निकै प्राथमिकताका साथ आएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार १२:३० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...