back
CTIZAN AD

दशैमा छक्कापञ्जा–३, घटस्थापनाबाट प्रदर्शनमा आउने

वि.सं.२०७५ असोज ६ शनिवार

561 

shares

६ असोज, काठमाडौ । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो ।

“प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो”, मुख्य कलाकार दीपकराज गिरीले भने, “आशा छ चलचित्रले दर्शकको राम्रो माया पाउँछ ।”

उनले असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा ३’ र असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको जानकारी दिए । यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर प्रचार भएको थियो ।

आज सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु देखाइएको छ । चलचित्रले स्कूल शिक्षा र विद्यालयमा हुने विकृति विसङ्गतिका विषयसमेत उठान गरेको छ । यस्तै विद्यालयमा हुने राजनीतिलाई समेत उठान गरिएको छ ।

कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्कापञ्जा ३’ को यसअघि सार्वजनिक ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई दर्शकले मन पराएका छन् । निर्देशक निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने विषवस्तु खुलाइएको जानकारी दिए । उनले चलचित्रमा महिला र पुरुष समान हुन् भन्ने देखाउने प्रयास गरिएको समेत दाबी गरे ।

दीपाश्री निरौलाकै निर्देशन रहेको चलचित्र ‘छक्कापञ्जा–१’ र ‘छक्कापञ्जा–२’ ले दर्शकको राम्रो साथ पाएको थियो । यसअघिका चलचित्रमा भने वैदेशिक रोजगार र यसले निम्त्याएको सामाजिक तथा पारिवारिक विकृतिलाई देखाइएको थियो । कलाकार जीतु नेपालले नेपाली फिल्मलाई माया गर्न दर्शकलाई आग्रह गरे ।

‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् ।

उक्त चलचित्र आमा सरस्वती मुभिज प्रालि तथा आइएमइको प्रस्तुतिमा निर्माण भएको भएको हो । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ । कलाकार किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता छन् ।

वि.सं.२०७५ असोज ६ शनिवार १७:०० मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...