back

राष्ट्रिय फोटो पत्रकार समूहमा नयाँ नेतृत्व चयन

वि.सं.२०७५ असोज ६ शनिवार

354 

shares
GLOBAL IME AD
NTC AD

५ असोज, काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २२औँ विशेष साधारणसभाले गोरखापत्रको फोटो पत्रकार राजेन्द्र चित्रकारको संयोजकत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । आज यहाँ आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष कृष्ण खड्का (रातोपाटी डट कम), महासचिव प्रदीपराज वन्त (रासस), सचिव नवराज श्रेष्ठ (हिमालय टाइम्स), कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ (न्यूज अभियान) र सहकोषाध्यक्ष चन्द्रकला क्षेत्री (नयाँ पत्रिका) चयन भएका छन् । सदस्यहरुमा नवराज वाग्ले, तेजबहादुर बस्नेत, शोभा महर्जन, आर्यन धिमाल, गगन अर्याल, सुशीला श्रेष्ठ, मुकुन्द कालिकोटे, प्रदीप श्रेष्ठ र राजेन्द्र थापा रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रूपमा स्थापित गराउने एनएफपिजेले खेलेको भूमिकाको स्मरण गरे ।

वि.सं.२०७५ असोज ६ शनिवार १७:०४ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...