back

ट्रक यातायात व्यवसायी महासङ्घमा राजेन्द्र कुमार श्रेष्ठ

वि.सं.२०७५ असोज ७ आइतवार

369 

shares
GLOBAL IME AD
NTC AD

७ असोज, काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घमा राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

असोज ४ र ५ गते राजधानीमा सम्पन्न छैटौँ अधिवेशनले अघिल्लो कार्यकालका महासचिव रहेका श्रेष्ठलाई अध्यक्षमा र महासचिवमा राजेन्द्र विक्रम बानियाँलाई निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन, बीमा, ढुवानी व्यवस्थापन, भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भए पनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत् रहेको भन्दै आफू यसप्रति जिम्मेवार भएर लाग्ने बताए ।

नवनिर्वाचित महासचिव बानियाँले भने व्यवसायी, मजदुर र सरकारबीचको त्रिपक्षीय सम्बन्ध धुमिल भइरहेको सन्दर्भमा नयाँ नेतृत्वले यसप्रति गम्भीर भएर लाग्ने बताए । उनले यसअघि महासङ्घले गरेका कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ र प्रभावकारी कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाए ।

महाधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा लोकराज पोखरेल, उपाध्यक्षमा कृष्णहरि जिसी र उपेन्द्र देवकोटा चयन भएका छन् ।

त्यस्तै उपमहासचिवमा दीपक पौडेल, सचिवमा जिवी खड्का, कोषाध्यक्षमा ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा मेघराज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी प्रदेश १ देखि ७ सम्मको संयोजकमा क्रमशः विद्यापति उपाध्याय, राजन केसी, ताराबहादुर बराल, लीला बराल, यमप्रसाद पाण्डे, चेतनकुमार थानी र मेघराज भट्ट चुनिएका छन् ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:५१ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...