back
CTIZAN AD

ट्रक यातायात व्यवसायी महासङ्घमा राजेन्द्र कुमार श्रेष्ठ

वि.सं.२०७५ असोज ७ आइतवार

819 

shares

७ असोज, काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घमा राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

असोज ४ र ५ गते राजधानीमा सम्पन्न छैटौँ अधिवेशनले अघिल्लो कार्यकालका महासचिव रहेका श्रेष्ठलाई अध्यक्षमा र महासचिवमा राजेन्द्र विक्रम बानियाँलाई निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन, बीमा, ढुवानी व्यवस्थापन, भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भए पनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत् रहेको भन्दै आफू यसप्रति जिम्मेवार भएर लाग्ने बताए ।

नवनिर्वाचित महासचिव बानियाँले भने व्यवसायी, मजदुर र सरकारबीचको त्रिपक्षीय सम्बन्ध धुमिल भइरहेको सन्दर्भमा नयाँ नेतृत्वले यसप्रति गम्भीर भएर लाग्ने बताए । उनले यसअघि महासङ्घले गरेका कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ र प्रभावकारी कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाए ।

महाधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा लोकराज पोखरेल, उपाध्यक्षमा कृष्णहरि जिसी र उपेन्द्र देवकोटा चयन भएका छन् ।

त्यस्तै उपमहासचिवमा दीपक पौडेल, सचिवमा जिवी खड्का, कोषाध्यक्षमा ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा मेघराज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी प्रदेश १ देखि ७ सम्मको संयोजकमा क्रमशः विद्यापति उपाध्याय, राजन केसी, ताराबहादुर बराल, लीला बराल, यमप्रसाद पाण्डे, चेतनकुमार थानी र मेघराज भट्ट चुनिएका छन् ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:५१ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...