
८ असोज, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । बिमिस्टेक सम्मेलनका लागि तेस्रो पटक नेपाल आएका मोदी पुन नेपाल आउने भएका हुन् ।
मोदी आगामी नोभम्बर महिनामा नेपाल आउने तयारी रहेको नेपाल स्थीत भारतीय दुतावासले जनाएको छ । आगामी नोभेम्बरको अन्तिम साता मोदी नेपाल आउने तय भएको दुतावास स्रोतले जनाएको छ । यद्धपि मोदीको भ्रमण तालिका भने सार्वजनिक भएको छैन् ।
दुई दिने भ्रमणमा मोदीले लुम्बिनी भ्रमण र उच्च स्तरीय राजनितिक भेटघाट गरी मंसिर १३ गते भारत फर्किने कार्यक्रम रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
यसअघि मोदीले दोस्रो भ्रमणमा जनकपुर, मुक्तिनाथ गएका थिए । तर सुरक्षाको कारण देखाउँदै लुम्बिनी भने गएका थिएनन । मोदी नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्री बन्दैछन् । यो पटकको भ्रमण लुम्बिनीबाट सुरु गर्ने तय भएको दुतावास स्रोतले जनाएको छ । मोदी नेपाल आएको खण्डमा उनी एक वर्षभित्रमा ३ पटक नेपाल भ्रमण गर्ने विदेशी राष्ट्रको सरकार प्रमुख बन्ने छन् । यस अघि मोदी चैत्र र भदौमा नेपाल आएका थिए ।
वि.सं.२०७५ असोज ८ सोमवार ०८:४० मा प्रकाशित






























