back

१० वर्षपछि रोनाल्डो– मेस्सी एराको अन्त्य, मोड्रिचले हात पारे फिफा ‘द बेस्ट’ अवार्ड

वि.सं.२०७५ असोज ९ मंगलवार

435 

shares
GLOBAL IME AD
NTC AD

९ असोज, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिड तथा क्रोएसिएन फुटबलर लुका मोड्रिचले यस संस्करणको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छने ।
मेड्रिचले रियल म्याड्रिडका पुर्व सहकर्मी तथा हालका युभेन्ट्सका फरवार्ड क्रिस्ट्यिानो रोनाल्डो र लिभरपुलका विङगर मोहमद सालालाई पछि पार्दै फिफाको प्रतिष्ठित अवार्ड हात पारेका हुन् ।

मोड्रीचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा उत्कृष्ट कप्तानी गरेका थिए भने रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जिताउने महत्वपुर्ण खेलेका थिए । मोड्रिच विश्वकपको गोल्डेन बल विजेता खेलाडी समेत हुन् ।
रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा त्यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । उता लिभरपुलका विङगर सालाले लिभरपुललाई च्याम्पियन्स लिगको फाईनलसम्म पु¥याउन महत्वपुर्ण भुमिका खेलेका थिए । यस्तै उनले प्रिमियर लिगको गोल्डेन बुट समेत हात पारेका थिए ।
फ्रान्सका राष्ट्रिय फुटबल टिमका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । उनले फ्रान्सलाई रुसमा विश्वकप उपाधि दिलाएका थिए । रियल म्याड्रिडका गोलरक्षक थिअबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जितका छन । उनले बेल्जियम राष्ट्रिय टोलीलाई विश्वकप सेमिफाइनलसम्म पुर्याएका थिए ।
लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । सलाहले गत डिसम्बरमा एभरटनविरुद्ध गरेको गोल उत्कृष्ट ठहरिएको हो ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०८:१० मा प्रकाशित

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...