Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

हामीले सोचे जस्तो सजिलो छैन पोल्याण्डमा पैसा कमाउन



mitra-lal-parday

आजभोलि पत्रिकाका पानाहरुमा बैदेशिक रोजगारको नाममा ठगी भन्दै समाचारहरु देख्न र सुन्न पाइएको छ । वास्तवमा हामीहरु आँफै यथार्थता नबुझ्दा यस्तो भएको हो । अहिले पोल्यान्डको नाममा धेरै नेपालीहरु ठगिएको समाचार आई रहेका छन् ।
पोल्याण्डमा नेपालीहरु कसरी जान्छन्, कति कमाउँछन्, कस्तो कस्तो काम गर्नुपर्छ, त्यहाँको नियम कानुन के कस्ता छन् । यसै विषयमा ऐकयबद्धताका लागि मित्रलाल पार्देसँग गरिएको कुराकानीको अंश ।

पोल्यान्डमा पढ्दै महिनाको खर्च र कलेज फी तिर्न सकिन्छ कि सकिदैन ?
– धेरै गाह्रो छ पढ्दै महिनाको खर्च र कलेज फी तिर्न ।
पोल्यान्डमा महिनाको एक लाख रुपैया पढ्दै कमाउन सकिन्छ कि सकिदैन ?
– पढ्ने समय कटाएर औसत २ युरो घण्टाको हिसाब गर्नुहोस् ।
 पोल्यान्डमा कार्ड खुलेको छ रे के यो सत्य हो ?
सत्य होइन
 पोल्यान्ड फुल समय काम गर्नेहरुले कति कमाउन सक्छन् ?
– औसत ५० हजार
के एउटा कम्पनिमा काम गरेर टि आर सी लिएको व्यक्ति सिधै अर्काे कम्पनीमा गएर काम गर्न पाउछ ?
(सिधै पाउदैन यदि कम्पनीको लागि आवश्यक व्यक्ति भएमा कानुनी प्रकृया पुरा गरेर राख्न सक्छन् तर सीप नभएकोलाई कम्पनीहरुले यो झन्झेट लिन चाहदैनन् ।
कति बर्षमा पी आर हुन्छ ?
यदि ५ वर्ष सम्म लगातार कामदार भिजामा रहेर ट्याक्स तिरेर पोल्यान्ड कानुनको नियममा रही काम गरेको छ भने उसले पि आर पाउन सक्छ ।
के हेल्थ इन्सुरेन्स अनिवार्य छ ?
हरेक कामदार एवम बिद्यार्थीहरुलाई स्वास्थ्य विमा अनिवार्य छ । अन्यथा पोल्यान्ड सरकार उपचार गराउन वाध्य छैन ।
के पिआर पाएको व्यक्तिले सिधै अरु ठाउमा काम गर्न पाउछ ?
पाउछ भोट् हाल्ने अधिकार बाहेक अरु सामाजिक अधिकार पाउछ


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब