back
CTIZAN AD

नेपालमा किन थपिँदैछन् वर्षेनी क्यान्सरका बिरामी ?

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

1K 

shares

४ कात्तिक,चितवन। नेपालमा हरेक वर्ष क्यान्सरका बिरामीको सङ्ख्या थपिँदै गएको छ । देशभरका अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्ले सुरु गरिएको क्यान्सर रजिस्ट्रिमा यो सङ्ख्या थपिएको देखिएको हो । देशभरका सरकारी र निजी गरी १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन भइरहेको छ ।

बिरामीको उपचार पद्धति लामो हुने हुँदा तथ्याङ्क आउन ढिला हुने गर्दछ । तथ्याङ्क सङ्कलनको संयोजन गरिरहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गका अनुसार सन् २०१४ को तथ्याङ्क हालै मात्र तयार भएको छ । जसअनुसार नौ हजार ३६ जना नयाँ क्यान्सरका बिरामी सन् २०१४ मा थपिएका छन् । जसमध्ये पाँच हजार २२ महिला र चार हजार १४ पुरुष रहेका छन् । सन् २०१३ मा नयाँ क्यान्सर रोगीको सङ्ख्या आठ हजार ७२९ थियो । जसमध्ये महिला चार हजार ७१८ र पुरुष चार हजार ११ जना रहेका थिए ।

सन् २००३ बाट देशभरका सातवटा अस्पतालमा क्यान्सर रजिस्ट्री कार्यक्रम सुरु गरिएकामा सन् २०१३ मा आएर पाँच अस्पताल थप गरी १२ पु¥याइएको हो । सन् २०१४ को तथ्याङ्कअनुसार सबैभन्दा बढी चार हजार २२६ जना बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा थपिएका छन् ।

त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा एक हजार ६५८ जना, वीर अस्पतालमा एक हजार २० जना, धरानको बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा ५५४ जना, टिचिङ अस्पतालमा ५४७ जना थपिएका छन् ।

त्यसैगरी मणिपाल मेडिकल कलेजमा २८३ जना, श्री वीरेन्द्र हस्पिटलमा २९५ जना, नागरिक अस्पतालमा १५७ जना, पाटन एकेडेमी अफ हेल्थ साइन्समा १५४ जना, नेपालगन्ज मेडिकल कलेजमा ४८ जना, कान्ति बाल अस्पतालमा ५७ जना र परोपकार अस्पतालमा ३७ जना नयाँ बिरामी थपिएका छन् ।

प्रधानाङ्गका अनुसार सबैभन्दा बढी ६० देखि ६४ वर्ष उमेर समूहका १२ दशमलव सात प्रतिशत रहेका छन् भने सबैभन्दा कम चार वर्ष उमेरसम्मका ० दशमलव ९ प्रतिशत रहेका छन् । क्षेत्रगत रुपमा हेर्दा काठमाडौँका सबैभन्दा बढी ९७४ जना अर्थात् १० दशमलव ८ प्रतिशत छन् भने दोस्रोमा सुनसरीका ४०३ जना, मोरङका ३५१ जना र चितवनका ३२४ जना रहेका छन् ।

बढी क्यान्सर देखिएका अङ्गहरुमा सबैभन्दा बढी फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर, मुखको क्यान्सर, रगतको क्यान्सर रहेका छन् ।

प्रधानाङ्गले विश्व स्वास्थ्य सङ्गठनले एक लाख जनसङ्ख्यामा १२० जनासम्ममा क्यान्सर हुने अनुमान गरेको छ ।

उपचार नै पहिचान नभई कतिपयको मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

विदेश जानेले समेत सुरुमा नेपालमा रोगको पहिचान गरेर जाने हुँदा उनीहरुको तथ्याङ्क पनि यहाँ समावेश भएको पाइन्छ । समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने गर्दछ । यद्यपि बिरामी अन्तिम अवस्थामा उपचारका लागि अस्पताल आउने गरेको चिकित्सक बताउँछन् ।

विश्वका अन्य देशहरुमा पुरुषमा बढी क्यान्सर हुने गरेको भए पनि नेपालमा भने महिलामा बढी क्यान्सर देखिने गरेको छ । समयमा परीक्षण गर्ने प्रचलन नहुँदा पाठेघरको मुख र स्तनको क्यान्सर बढी हुँदा महिलामा बढी क्यान्सर देखिएको हो । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०६:३७ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...