back
CTIZAN AD

कागजमै सिमिति भेटी व्यवस्थापन निर्देशिका

वि.सं.२०७५ असोज ११ बिहीवार

621 

shares

११ असोज, काठमाडौँ (राससं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिकस्थलका हकमा यो निर्देशिका लागू हुने जनाएको थियो । निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई पनि धार्मिकस्थल भनी परिभाषित गरेको छ । विसं २०७३ कात्तिक २ गते मन्त्रालयले निर्देशिका जारी गरेको थियो । धार्मिकस्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवं जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने निर्देशिकामा उल्लेख छ । निर्देशिका आएलगत्तै कार्यान्वयनका लाग तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरिएको मन्त्रालयका पुरातत्व अधिकृत करुणा नकर्मीले जानकारी दिइन ।

“पत्राचार गरेपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा समिति गठन गरेर भेटी व्यवस्थापन भएको जानकारी प्राप्त भएको छ, अनुगमनका क्रममा अन्यत्र भेटी व्यवस्थापन हुन सकेको छैन”, उनले भनिन् ।

अनुगमनका क्रममा बागलुङको कालिका मन्दिरमा समितिले नै भेटीलगायतको व्यवस्थापन राम्रो गरेको भेटिएको मन्त्रालयले जनाएको छ । विसं २०६८ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरको भेटी भने पारदर्शी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषले बनाएको भेटी व्यवस्थापन नियमावलीले पशुपति क्षेत्रका अन्य मन्दिरको भेटी पारदर्शी गर्ने भनिए पनि अझै हुन सकेको छैन । पशुपतिनाथको चन्दा बाकसमा हालिएको भेटी हालसम्म खर्च कटाएर रु १८ करोड कोषको खातामा रहेको लेखा शाखा प्रमुख प्रेमहरि ढुङ्गानाले जानकारी दिनुभयो । भेटीबाट जम्मा भएको पैसाले पशुपतिनाथको नित्य, विशेष पूजा चलाउने, भट्ट, भण्डारीलगायत कर्मचारीलाई तलब दिने गरिएको कोषले जनाएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १३:५७ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...