back
CTIZAN AD

एकताको अन्तिम तयारीमा प्रवासी नेपाली मंच र नेपाली जनप्रगतिशील मंच कतार

वि.सं.२०७५ असोज ११ बिहीवार

702 

shares

दोहा । प्रबासी नेपाली मंच कतार र नेपाली जनप्रगतिशील मंचको संयुक्त कार्यदलको बिशेष बैठक २६ सेप्टेम्बर बुधबार दोहाको गोर्खा रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

दुई सगठन कार्यदलको विशेष बैठकमा प्रबासी नेपाली मंचबाट सिफारिस अध्यक्ष चानक पोख्रेल र नेपाली जनप्रगतिशील मंचले संयोजक रकमध्वज राईलाई नेकपाको नयाँ प्रबास सगठन प्रबासी नेपाली एकता मंच कतार सयोजकमा सिफारिस गरेका छन ।

त्यस्तै सचिबमा मोहन कार्की सिफारिसमा रहेका छन । सर्बसम्मतको लागि धेरै प्रयास भएको थियो । सर्बसम्मत नभएपछि एक संयोजक एक सचिब चुनिदिन केन्द्रीय कार्यलय काठमाडौमा सिफारिस सहित आग्रह गरेको कुरा कार्यदलका संयोजक शनिकुमार वोलिले बताएका छन् ।

नेकपाको केन्द्रीय बिशेष परिपत्र अनुुसार प्रबास संगठनका लागि एकजना संयोजक र एकजना सचिब चुनिनु पाउने केन्द्रीय निर्देशनमा रहेकोछ ।

नेपालमा पार्टी एकतासँगै विभिन्न जिल्ला तह, प्रदेश, जनबर्गिय संगठन हरुको एकता भैरहदा प्रबासमा एकताको प्रक्रिया जारी रहेको छ । कतारमा पनि एकता प्रक्रिया अन्तिम तयारीमा रहेको कुरा कार्यदल सदस्य शनिकुमार ओलीले बताए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १८:४५ मा प्रकाशित