१२ असोज, धनकुटा । आफन्तको खोजीमा १०४ वर्षकी गंगामाया काफ्ले धनकुटा जिल्लाको मूलघाट वृद्धाआश्रममा बाँकी जीवन बिताइरहेकी छन् ।
वि.स १९७८ मा ७ वर्षको उमेरमा संखुवासभा जिल्लाको चैनपुरमा ध्रुवप्रसाल काफ्लेसँग वैवाहिक सम्बन्धमा बाँधिई १४ वर्षको उमेरमा विधुवा भएपद्धि माइतीघरको ६ दशकको बसाइपछि अहिले आश्रममा बस्दै आएकी छन् ।
२२ वर्षदेखि मुलघाटस्थित विश्रान्ति विद्धाआश्रममा बस्दै आएकी काफ्लेले एउटै ओछ्यानमा १८ वर्ष विताइसकेकी छन् । विवाहको ३० दिन नबित्दै आफ्ना पति काफ्ले भारतको आसाम गएको र उतै उनको मृत्यु भएको खबर धागोले बाँधेर आएको चिठीबाट थाहा पाएपछि बिधवा भएको गंगामाया बताउँछीन् ।
हिन्दु परम्परा अनुसार माइतीबाट काज किरीया नहुने भएपछि आफ्नो मृत्युपछि काजकिरीयाको चिन्तामा रहेकी काफ्ले आश्रमका महासचिव जनार्दन घिमीरे (गोठाले) ले काजकिरीया गरिदिने भन्दै आश्वस्त पारेपछि ढुक्क बनेकी छन् ।
आजको गोरखापत्र दैनिकबाट
वि.सं.२०७५ असोज १२ शुक्रवार १०:०० मा प्रकाशित






























