back
CTIZAN AD

दैनिक हजारौं पर्यटक पुग्छन् जखेरा ताल

वि.सं.२०७५ असोज १२ शुक्रवार

510 

shares

लमही । लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिए ।

तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उनले बताए । पहाडैपहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट अवलोकन गर्न यहाँ मानिसहरू आउने अध्यक्ष चौधरीले जानकारी दिए ।

लमही नगरपालिका–३ को उक्त ताल दाङकै एक प्रसिद्ध पर्यटकीयस्थल हो । सात बिगाहा क्षेत्रफलमा फैलिएको तालमा अहिले चार मन्दिर निर्माण गरिएको छ । त्यहाँ गणेश, त्रिसिद्धेश्वरी महादेव, कालिका र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ ।

तलाउमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा र चराचुरुङ्गीको आवाजले गर्दा यहा पुग्ने पर्यटकलाई थप लोभ्याउने गरेको छ ।

वन भोजका लागि उपयुक्त यहाँ तालमा माछापालन शुरु गरिएको छ । माछापालन आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

पर्यटकको सङ्ख्या बढ्दै गर्दा ताल व्यवस्थापनको अभाव खट्किन तथा झारपातले तालको सौन्दर्य ढाक्न थालेको छ । एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सकिरहेको छैन । तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा विदेशी पर्यटक भित्र्याउन सकिने बताइएको छ ।

सो ताल संरक्षण गर्न रु २० लाख बजेट विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उनको भनाई थियो ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १०:२० मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...