१२ असोज, काठमाडौँ । यति एयरलाइन्सले यो वर्षभित्र ४ वटा जहाज किनेर सेवा विस्तार गर्ने योजना अघि सारेको छ । आन्तरिक उडान गरिरहको एयरलाइन्सले यो वर्षभित्र २ वटा एटिआर ७२ र एटिआर ४२ जहाज किनेर गन्तव्य विस्तरा गर्ने भएको हो ।
हाल काठमाडौंबाटमात्र उडान गरिरहेको एयरलाइन्सले चारवटा जहाज थप गरेसँगै पोखराबाट विभिन्न ठाउँमा उडान गर्ने योजना बनाएको हो ।
बढ्दो बजारका कारण जहाज थप गर्दै जाने योजना बनाएको एयरलायन्सले काठमाडौं बाहिर पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, भरतपुर, नेपालगंज, विराटनगरजस्ता ठाउँमा उडान गर्ने योजना बनाएको छ ।
अहिले यी गन्तव्यमा एयरलाइन्सले काठमाडौंबाटमात्र उडान गरिरहेको छ । अहिले ३ वटा एटिआर ७२ जहाज भएको एयरलाइन्सले २ थप गरेमा ५ हुने छ। अहिले ६ वटा बिचक्राफ्ट रहेको एयरलाइन्ससँग २ एटिआर ४२ आएपछि १३ हुने छन्
वि.सं.२०७५ असोज १२ शुक्रवार १०:२२ मा प्रकाशित