back
CTIZAN AD

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

वि.सं.२०८३ वैशाख ३१ बिहीवार

381 

shares

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा कुनै पनि नयाँ प्रतिबन्ध वा कडा नियम नलगाइएको स्पष्ट पारेको छ ।
पछिल्लो समय केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भारतीय पर्यटकको बसाई अवधि र सवारी साधन सम्बन्धी भ्रामक समाचारहरू फैलिएपछि बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यसको खण्डन गरेको हो ।

पर्यटन बोर्डका अनुसार भारतीय पर्यटकले नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र देखाउनुपर्ने, बसाई अवधि ३० दिनमा मात्र सीमित गरिएको वा म्याद नाघेका सवारी साधन जफत गरिने भन्ने जस्ता दाबीहरू पूर्ण रूपमा निराधार र भ्रामक रहेका छन् ।
नेपाल र भारतबीचको परापूर्वकालदेखिको खुला सिमाना र ऐतिहासिक सम्बन्धहरू यथावत रहेको समेत बोर्डले प्रष्ट पारेको छ ।

डिजिटल प्रणालीबाट पर्यटकलाई थप सहज
पर्यटकको यात्रालाई थप सहज बनाउन नेपाल सरकारले नयाँ अनलाइन प्रणालीको सुरुवात गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले विकास गरेको यो डिजिटल प्रणालीमार्फत निजी सवारी साधनमा आउने पर्यटकले आफ्नो अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अब अनलाइनबाटै गर्न सक्नेछन् । यो व्यवस्थाले सीमा नाकामा हुने झन्झट कम भई पर्यटकको अनुभव थप सुखद हुने विश्वास लिइएको छ ।

आधिकारिक स्रोतको मात्र विश्वास गर्न अपिल
पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र आम सर्वसाधारणलाई अपुष्ट समाचारहरू सम्प्रेषण नगर्न र पर्यटन नीति सम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतमा मात्र भर पर्न अनुरोध गरेको छ । नेपाल सधैँझैँ भारतीय तथा विश्वभरका पर्यटकका लागि सुरक्षित र स्वागतयोग्य गन्तव्य रहेको बोर्डले पुनः दोहोर्याीएको छ ।

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:०७ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...