back
CTIZAN AD

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु,३६५ जना घाइते

वि.सं.२०७५ असोज १३ शनिवार

585 

shares
१३ असोज, जाकार्ता ।  मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए ।

“यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,” पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भने ।

मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ ।

यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन् । उनीहरुलाई इट्टा र ब्लकले लागेको पनि प्रवक्ता नुग्राहोले बताए ।

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षित भएको अधिकारीहरुको भनाई छ ।

खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन् । तर के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु पनि आउन बाँकी नै रहेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताए ।

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।

विश्वका अन्य देशहरुको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज १३ शनिवार १३:११ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...