back
CTIZAN AD

घुससहित पक्राउ परे प्राधिकरणका कर्मचारी

वि.सं.२०७५ असोज १४ आइतवार

747 

shares

१४ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ ।

एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उनलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी चालक अनुमतिपत्रसम्बन्धी कागजात नष्ट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरी सरकारलाई बद्नियताका साथ हानी पु¥याएको भन्ने उजुरीका आधारमा छानबिन हुँदा बद्नियत देखिएको आयोगले ठहर गरेको छ ।

नेपालीकरकणका लागि प्राप्त निवेदन र सो साथ संलग्न भएका अन्य कागजात र सफल परीक्षार्थीका उत्तर पुस्तिका लगायतका कागजात काम तामेल भएको एक वर्ष पनि नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियमविपरीत कागजात धुल्याइ नष्ट गरेको अभियोग उनीहरुमाथि लागेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

वि.सं.२०७५ असोज १४ आइतवार १८:५५ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...