back
CTIZAN AD

गोलि हानि हत्या गरिएका खुर्सिदको परिवालाई दश लाख हस्तान्त्रण

वि.सं.२०७५ असोज १५ सोमवार

687 

shares

१५ असोज, इनरुवा । केही दिन अगाडि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका सुनसरी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई सोमबार सरकारले रु १० लाख हस्तान्तरण गरेको छ ।

११औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जलिसभाका अवसरमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा खुर्सिदकै घर पुगेर उनका परिवारलाई रु १० लाखको चेक हस्तान्तरण गरेका थिए ।

अज्ञात समूहले गोली प्रहार गरी खुर्शिदको हत्या गरेको थियो । हत्या गरेका खुर्सिदलाई सरकारले शहीद घोषणा गर्दै र १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो । श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री थापाले अपराधी जुनसुकै कुनामा लुकेर बसेको भएको पनि कानूनी कठघरामा ल्याउने दाबी गरे । अपराधी देशको कुनै कुनामा लुकेर बसे पनि खोजेर कानूनी कठघरामा उभ्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेशमन्त्री उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश सांसद ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतले हत्यारालाई कठघरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।

वि.सं.२०७५ असोज १५ सोमवार ०९:३० मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...