back
CTIZAN AD

मदिरा रोकथामका लागि ¥याली

वि.सं.२०७५ असोज १६ मंगलवार

717 

shares

१६ असोज, बाजुरा । खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली निकालेका छन । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले ¥याली निकालेका हुन ।

वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले ¥याली निकालेका थिए । मञ्चका अध्यक्ष दीर्घमतीदेवी ओलीले जुवातास, जाँडरक्सी बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न माग गरे । महिला हिंसाका घटना बढेकाले त्यसको रोकथामका लागि अभियान थालिएको उनको भनाइ छ । गाउँपालिकाले मदिरा सेवनको कार्य पूर्ण रूपमा बन्द गरिसक्दा पनि गाउँमा सेवन गर्नेको सङ्ख्यामा कमी नभएकाले त्यसको तत्काल रोकथाम गरिनुपर्ने उनीहरूको माग छ ।

पहिलो चरणमा सचेतनाका लागि नारा जुलुस प्रदर्शन गरेको भन्दै मदिरा सेवन गर्ने र बिक्री गर्ने काम नरोकिए आन्दोलन गर्ने ओलीले बताए । गाउँपालिकाले गरेको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि महिलाले अध्यक्ष नरबहादुर रावत र उपाध्यक्ष कुन्ती बुढा साउदको ध्यानाकर्षण गराएका छन । निर्णयले मात्र मदिरा नियन्त्रण नहुने भएकाले त्यसको कार्यान्वनमा कडाइ गर्नुपर्ने उनीहरूको माग छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १२:५३ मा प्रकाशित

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...