back
CTIZAN AD

नेपाल र बङ्गलादेशको खेल आज

वि.सं.२०७५ असोज १६ मंगलवार

699 

shares

१६ असोज, काठमाडौँ । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन ।

दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

गोल अन्तरका आधारमा बङ्गलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलन प्रवेश गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार साँझ ६ ः ४५ मा हुनेछ । यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन ।

वि.सं.२०७५ असोज १६ मंगलवार १३:०४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...