back

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

वि.सं.२०७५ असोज १६ मंगलवार

297 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, घोराही । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उनले बताए । सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उनको भनाइ छ ।

सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई रु २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई रु ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई रु तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई रु पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले रु ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताए ।

वि.सं.२०७५ असोज १६ मंगलवार १३:१२ मा प्रकाशित

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...