back
CTIZAN AD

ओझेलमा इच्छाकामना

वि.सं.२०७५ असोज १६ मंगलवार

537 

shares

१६ असोज, चितवन । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ ।

जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको चेरेस, याक्राङटार, हात्तीवाङ, दाहाखानीजस्ता पर्यटकीय महत्वका स्थल छन । सोही क्षेत्रमा चेपाङ, मगर, गुरुङलगायत आदिवासीको बाक्लो बसोबास छ ।

साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन । पछिल्लो जनगणनाअनुसार २५ हजार आठ जनसङ्ख्या छ । जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पर्यटकीय दृष्टिले उत्कृष्ट गाउँपालिका रहेको बताउछिन । साठी वर्ष अघि उपारदाङगढीबाट सदरमुकाम भरतपुर सरेको थियो । सो ठाउँमा ऐतिहासिक किल्ला रहेका छन । पृथ्वी राजमार्गको हुग्दीखोलाबाट तीन घण्टाको गाडीको यात्रापछि उपरदाङगढी पुग्न सकिन्छ ।

एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली सूर्योदय र सूर्यास्त हेर्नका लागि अति नै उपयुक्त स्थान हो । चितवन जिल्लाको सम्पूर्ण भागका अतिरिक्त छिमेकी आठ जिल्लासमेत यहाँबाट अवलोकन गर्न सकिन्छ ।

इच्छाकामना र मनकामना दिदी बहिनीका रुपमा लिइन्छ । मनकामना जतिकै महत्व बोकेको इच्छाकामनाको महत्व बुझाउन नसक्दा ओझेलमा परेको छ । पाथीभरा मन्दिर शक्तिशाली देवीको मन्दिर हो । जुन उपरदाङगढी नजीकै छ । यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरे नजीकै लामो झरना पर्दछ । गाउँपालिका प्रमुख गुरुङ यस क्षेत्रकै सबैभन्दा ठूलो झरना रहेको बताउछिन । दैनिक ३०० भन्दा बढी पर्यटक यहाँ अवलोकन गर्न आउने गरेको उनको भनाइ छ । जलक्रिडाका लागि त्रिशूली नदी महत्वपूर्ण मानिन्छ । धादिङको सीमा क्षेत्र मौवाखोलाबाट भरतपुर महानगरको सीमा क्षेत्र रिग्दीखोलासम्म इच्छाकामना गाउँपालिका पर्दछ । तीस किलोमिटरभन्दा लामो जलक्रिडाका लागि यस गाउँपालिका हुँदै बग्ने त्रिशूली नदी महत्वपूर्ण पर्यटकीयस्थल मानिन्छ ।

दैनिक हजारौँको सङ्ख्यामा केबलकार चढेर मनकामना जाने यसै गाउँपालिकाको कुरिनटारस्थित चेरेसबाट जाने गर्दछन । यससँगै सभ्य गुरुङ संस्कृति हेर्न याक्राङटार जान सकिन्छ । पुरानो र परम्परागत जनजातिको बसोबास रहेको हात्तीवाङ र दाहाखानीजस्ता पर्यटकीय महत्वका गाउँ पनि यहाँ रहेका छन ।

चेपाङ समुदायको राम्रो बसोबास रहेको यस क्षेत्रमा उनीहरुको संस्कृति, रहनसहन र परम्परा जोकोहीका लागि नौलो मानिन्छ । सोही गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण अधिकारी यस क्षेत्रको हावापानी, नदीनाला, जनजाति बस्ती र उनीहरुको धर्मसंस्कृति जोकोहीका लागि नौलो र अनौठो हुने बताउछिन । अधिकांश आदिवासीको बसोबास रहेको यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचार गर्नसकेमा जिल्लाकै नमूना पर्यटकीय गन्तव्य बन्ने अधिकारीको भनाइ छ ।

यही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग पर्दछ । जहाँबाट दैनिक २० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन । सो क्षेत्रबाट प्रदेशसभाका लागि निर्वाचित सांसद घनश्याम दाहाल इच्छाकामना मन्दिरमा केबलकार जडान गर्नसकेमा मनकामना जतिकै महत्वपूर्ण बन्ने बताउछिन । यस गाउँपालिकाका पर्यटकीय महत्व बोकेका ठाउँमा जिल्लाको सौराहा र पश्चिम चितवन आउने पर्यटकलाई लैजानु पर्ने उनले बताइन ।

गाउँपालिकाले राम्रो गुरुयोजना बनाएर पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने पनि उहनको सुझाव छ । दाहालसँगै प्रदेशसभामा निर्वाचन लडेर पराजित भएका नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ इच्छाकामना, सफारी पर्यटन पछिको पहिलो पर्यटकीय गन्तव्य भएको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार नहुँदा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेर पनि ओझेलमा परेको उनको भनाइ छ ।

पर्यटकीय पूर्वाधारको विकास गरी इच्छाकामनाको पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्ने सरोकारवाला बताउँछन । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार शहरी क्षेत्रमा रिभर साइड, डालिमा, सिद्धार्थजस्ता ठूला होटल छन भने ग्रामीण क्षेत्रमा बस्नका लागि होमस्टे छन । बाह्रै महीना चिसो मौसम रहने हुँदा तराईको गर्मी र शीतलहर छल्न यो उपयुक्त ठाउँ रहेको छ ।

गाउँपालिकाले यहाँका पर्यटकीय गन्तव्यको वृत्तचित्र, पर्यटकीय गन्तव्यका बारेमा ब्रुसर, होमस्टेसम्बन्धी तालीम, टुरिष्ट गाईडसम्बन्धी तालीमसँगै पर्यटकीय पूर्वाधार निर्माण कार्य शुरु गरेको छ ।

गाउँपालिकाको अगुवाइमा पहिलो पटक ईच्छाकामना महोत्सवसमेत हालै आयोजना गरिएको थियो ।

वि.सं.२०७५ असोज १६ मंगलवार १४:०१ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...