back

सामाजिक स्वच्छता अभियान शुरु

वि.सं.२०७५ असोज १६ मंगलवार

288 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, रसुवा । सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरिएको छ ।

सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँतिहारलाई लक्षय गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गरिने सामुदायिक सेवा केन्द्रका अध्यक्ष रितुपेमा तामाङले बताए ।

दशैँतिहारजस्ता चाडपर्वमा जुवा खेलाउने घर र खेल्ने व्यक्तिको पहिचान गर्ने, यसविरुद्ध उनीहरुलाई सचेत गराउने, आवश्यक परेमा नेपाल प्रहरीको सहयोगमा कानूनी उपचार खोज्ने र त्यसको प्रभावकारी अनुगमन गर्ने सामुदायिक केन्द्रले जनाएको छ ।

लागुऔषध नियन्त्रण, घरेलु हिंसा तथा मानव बेचबिखनविरुद्ध आवश्यक कदम चाल्न सामुदायिक केन्द्रमा १० महिलासहित १५ पदाधिकारी रहेको बताउँदै अध्यक्ष तामाङले यस्ता क्रियाकलाप भएको पाइएमा सामुदायिक केन्द्रलाई सूचना दिन सबैमा आग्रह गरे ।

महिला हिंसाका कारण श्रीमान्श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि दुवै पक्षबीच मेलमिलाप गराउने प्रयास थालिएको बताइएको छ ।

आर्थिक वर्ष ०७३–०७४ देखि हालसम्म जिल्लामा सम्बन्धबिच्छेद गर्ने महिलाको सङ्ख्या २९ पुगेको जिल्ला अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशन र सामुदायिक प्रहरीको सुझावमा आफ्ना गतिविधि अगाडि बढाइरहेको सामुदायिक केन्द्रले समाजमा हुने विकृति अन्त्य गर्न मद्दत पु¥याउने विश्वास स्थानीयवासीको छ ।

सामुदायिक सेवा केन्द्रले शान्तिसुरक्षा कायम राख्नमा सहयोग पु¥याएको, राजमार्गमा अनधिकृत रुपमा राखिएका व्यावसायिक टहरा तथा सामग्री हटाउनमा सहयोग पु¥याएको तथा विभिन्न विकृतिविसङ्गतिविरुद्ध सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको संस्थाका संस्थापक अध्यक्ष छेसिंगी तामाङले बताए ।

दशँैतिहारमा रसुवाका पाँच वटै गाउँपालिकाअन्तर्गत वडामा मदिरा, तासजुवा, लङ्गुरबुर्जाजस्ता विषयलाई नियन्त्रण गरिने बताइएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १३:४३ मा प्रकाशित

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...