back
CTIZAN AD

सामाजिक स्वच्छता अभियान शुरु

वि.सं.२०७५ असोज १६ मंगलवार

573 

shares

१६ असोज, रसुवा । सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरिएको छ ।

सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँतिहारलाई लक्षय गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गरिने सामुदायिक सेवा केन्द्रका अध्यक्ष रितुपेमा तामाङले बताए ।

दशैँतिहारजस्ता चाडपर्वमा जुवा खेलाउने घर र खेल्ने व्यक्तिको पहिचान गर्ने, यसविरुद्ध उनीहरुलाई सचेत गराउने, आवश्यक परेमा नेपाल प्रहरीको सहयोगमा कानूनी उपचार खोज्ने र त्यसको प्रभावकारी अनुगमन गर्ने सामुदायिक केन्द्रले जनाएको छ ।

लागुऔषध नियन्त्रण, घरेलु हिंसा तथा मानव बेचबिखनविरुद्ध आवश्यक कदम चाल्न सामुदायिक केन्द्रमा १० महिलासहित १५ पदाधिकारी रहेको बताउँदै अध्यक्ष तामाङले यस्ता क्रियाकलाप भएको पाइएमा सामुदायिक केन्द्रलाई सूचना दिन सबैमा आग्रह गरे ।

महिला हिंसाका कारण श्रीमान्श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि दुवै पक्षबीच मेलमिलाप गराउने प्रयास थालिएको बताइएको छ ।

आर्थिक वर्ष ०७३–०७४ देखि हालसम्म जिल्लामा सम्बन्धबिच्छेद गर्ने महिलाको सङ्ख्या २९ पुगेको जिल्ला अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशन र सामुदायिक प्रहरीको सुझावमा आफ्ना गतिविधि अगाडि बढाइरहेको सामुदायिक केन्द्रले समाजमा हुने विकृति अन्त्य गर्न मद्दत पु¥याउने विश्वास स्थानीयवासीको छ ।

सामुदायिक सेवा केन्द्रले शान्तिसुरक्षा कायम राख्नमा सहयोग पु¥याएको, राजमार्गमा अनधिकृत रुपमा राखिएका व्यावसायिक टहरा तथा सामग्री हटाउनमा सहयोग पु¥याएको तथा विभिन्न विकृतिविसङ्गतिविरुद्ध सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको संस्थाका संस्थापक अध्यक्ष छेसिंगी तामाङले बताए ।

दशँैतिहारमा रसुवाका पाँच वटै गाउँपालिकाअन्तर्गत वडामा मदिरा, तासजुवा, लङ्गुरबुर्जाजस्ता विषयलाई नियन्त्रण गरिने बताइएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १३:४३ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...