back

सहकारीले दियो क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

वि.सं.२०७५ असोज १७ बुधवार

357 

shares
GLOBAL IME AD
NTC AD

 

१७ असोज, भद्रपुर । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए ।

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहेका शिवसताक्षीका कर्णबहादुर विकले रु दुई लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु पाँच लाख, टाउकोको क्यान्सर पीडित बाह्रदशी–५ की केन्द्रमाया कार्कीले रु दुई लाख र घाँटीको क्यान्सरबाट पीडित विर्तामोड–५ का टिका पकुवालले रु पाँच लाख उपचार सहयोग पाएका छन् ।

राजीवगान्धी क्यान्सर अस्पताल दिल्लीमा आन्द्राको क्यान्सरको उपचार गराइरहनुभएको कनकाई–३ का भानुभक्त कटुवाललाई रु चार लाख, आन्द्राकै क्यान्सरको उपचार गराइरहेको अर्जुनधारा–५ का दाताराम भण्डारीलाई रु पाँच लाख र एमएनसी स्पेसलिटी अस्पताल दुबईमा स्तन क्यान्सर उपचार गराइरहनुभएकी विर्तामोड–२ की सावित्रा कँडेललाई रु दुई लाख उपचार सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

सहारा नेपाल सहकारीले आफ्ना शेयर सदस्यलाई क्यान्सर, मिर्गौला, मुटुरोग, अल्जाइमर्सलगायतका रोग लागेमा ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत अस्पतालको रसीदको आधारमा उपचार सहयोग पु¥याउँदै आएको छ ।

 

वि.सं.२०७५ असोज १७ बुधवार १३:५१ मा प्रकाशित

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...