back

सहकारीले दियो क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

वि.सं.२०७५ असोज १७ बुधवार

672 

shares

१७ असोज, भद्रपुर । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए ।

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहेका शिवसताक्षीका कर्णबहादुर विकले रु दुई लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु पाँच लाख, टाउकोको क्यान्सर पीडित बाह्रदशी–५ की केन्द्रमाया कार्कीले रु दुई लाख र घाँटीको क्यान्सरबाट पीडित विर्तामोड–५ का टिका पकुवालले रु पाँच लाख उपचार सहयोग पाएका छन् ।

राजीवगान्धी क्यान्सर अस्पताल दिल्लीमा आन्द्राको क्यान्सरको उपचार गराइरहनुभएको कनकाई–३ का भानुभक्त कटुवाललाई रु चार लाख, आन्द्राकै क्यान्सरको उपचार गराइरहेको अर्जुनधारा–५ का दाताराम भण्डारीलाई रु पाँच लाख र एमएनसी स्पेसलिटी अस्पताल दुबईमा स्तन क्यान्सर उपचार गराइरहनुभएकी विर्तामोड–२ की सावित्रा कँडेललाई रु दुई लाख उपचार सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

सहारा नेपाल सहकारीले आफ्ना शेयर सदस्यलाई क्यान्सर, मिर्गौला, मुटुरोग, अल्जाइमर्सलगायतका रोग लागेमा ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत अस्पतालको रसीदको आधारमा उपचार सहयोग पु¥याउँदै आएको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार १३:५१ मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...