back

सभापतिलाई धेरै अधिकार गलत : डा कोइराला

वि.सं.२०७५ असोज १७ बुधवार

618 

shares

१७ असोज, काठमाडौँ, असोज । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।

दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत रहेको बताए । “पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” ।

जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए ।

सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पु¥याएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष तथा राससका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली धर्म, संस्कृतिलाई महत्व दिने विषयमा कहि कतैबाट पनि कञ्जुस्याइँ गर्न नहुने टिप्पणी गरेका थिए ।

समाजका अध्यक्ष कृष्णविलास अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुड, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, काङ्ग्रेस क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेका टोखा नगरपालिका सभापति वसन्त श्रेष्ठ, हरिहर अधिकारी र रजनी थापालगायतले सो अवसरमा समसामयिक विषयमा मन्तव्य राखेका थिए ।

वि.सं.२०७५ असोज १७ बुधवार १८:०८ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...