back
CTIZAN AD

नक्कली रक्सीदेखि सावधान ! – दूतावास

वि.सं.२०७५ असोज २१ आइतवार

747 

shares

२१ असोज, काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले नक्कली रक्सी देखि सचेत रहन सार्वजनिक सूचना गरेको छ । दूतावासले मलेसियाको स्वास्थ्य मन्त्रालयले तयार पारेको सचेतनात्मक सूचनालाई नेपालीमा अनुवाद गरी सार्वजनिक गरेको हो । प्रतिकाात्मक तस्विरसहितको जारी सूचनामा नक्कली रक्सी मेथानोल पनि हुनसक्ने जनाइएको छ ।

सूचनामा मेथानोल अखाद्य पदार्थ भएको भन्दै त्यस्तो पदार्थ खाएमा मान्छेको मृत्यु पनि हुन सक्नेतर्फ सचेत गराएको छ ।
मदिराजन्य पेयपदार्थ मेथानोलयुक्त हुने हुँदा त्यस्ता पेय पदार्थ नखान भनिएको हो । उक्त सूचनामा नक्कली रक्सी खाएपछि के के लक्षण देखिन्छ भन्ने समेत देखाइएको छ ।

गत महिना मलेसियाको सैलाङगोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट ९ जना नेपालीको ज्यान गएको थियो भने १० जना उपचारार्थ अस्पताल भर्ना भएकामा ७ जना डिस्चार्ज भैसकेका छन् भने ३ जनाको अवस्था अझै चिन्ताजनक रहेको दूतावासको सूचनामा उल्लेख छ ।

वि.सं.२०७५ असोज २१ आइतवार ०८:१६ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...