
२१ असोज, काठमाडौँ । अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन। मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन ।
अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन्। ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती कूटनीतिज्ञले भने, ‘लाखौं खर्चेर ‘ल्यान्ड अफ अपरचुनिटी’ मानिने मुलुक अमेरिका प्रवेशमा लालायित युवाको जमात दिनप्रतिदिन बढ्दो छ ।’
केही सरकारी अधिकारीकै मिलेमतोमा यस्तो धन्दा भएको आशंका अमेरिकाले नेपाली कूटनीतिज्ञ समक्ष भन्न थालेका छन् । सरकारलाई दिएको जानकारी दलालकहाँ पुग्ने र रुट परिवर्तन हुने गरेको अध्ययनले देखाएपछि अमेरिकी अधिकारी सशंकित भएका हुन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ असोज २१ आइतवार ०८:२१ मा प्रकाशित






























