back
CTIZAN AD

एसईईको फाराम अनलाइनबाटै

वि.सं.२०७५ असोज २२ सोमवार

513 

shares

२२ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् ।

‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’

यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । विद्यालयले कक्षा ९ र १० का विद्यार्थीको फाराम सोही वेबसाइटबाट भराउन सक्ने कार्यालयले जनाएको छ । यसअघि विद्यालयले भरेका फाराम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो । अनलाइनमार्फत फाराम भराउन नसक्ने विद्यालयले पहिलेजस्तै विद्यार्थीबाट कागजी फाराम भराएर इकाइ कार्यालयमार्फत बुझाउनुपर्ने सापकोटाले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २२ सोमवार ०८:१५ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...