back

निर्मला हत्याकाण्ड : लापरवाही गरेको भन्दै दुई प्रहरी निलम्वनमा

वि.सं.२०७५ असोज २२ सोमवार

357 

shares
GLOBAL IME AD
NTC AD

२२ असोज, काठमाडौँ । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिए ।

दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको हो । घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्वन गरिसकेको छ ।

वि.सं.२०७५ असोज २२ सोमवार १४:३३ मा प्रकाशित

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...

पर्सामा वन जोगाउनै मुस्किल

पर्सामा वन जोगाउनै मुस्किल

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको...