back
CTIZAN AD

श्रीलङ्काविरिुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार

234 

shares

भारत (गोवा) । भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलङ्काविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ ।

भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलङ्काविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।

यसअनुसार अञ्जना रानामगरलाई गोलरक्षकको जिम्मेवारी दिइएको छ भने टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटेले पाएकी छन् ।

टोलीमा अञ्जना रानामगरसँगै रेनुका नगरकोटे, विमला विके, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतिक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही छन् ।

यसैगरी वैकल्पिक खेलाडीमा उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, सविना चौधरी, अनिता केसी, पूर्णिमा राई, अनिता बस्नेत, अञ्जिला तुम्बापो सुब्बा, बिर्सना चौधरी, निशा ठोकर र अनिता लाम्जेल रहेका छन् ।

भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपाल दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । सेमिफाइनल पुग्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी नेपाल श्रीलङ्काविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । हालसम्मको भिडन्तमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै आएको छ । सोही लयलाई दोहो¥याउने दाउमा नेपाल रहेको छ । यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा पनि नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।

नेपाली टोलीमा सावित्रा भण्डारी चोटका कारण सहभागी छैनन् । यस्तै, कम्बोडिया क्लबमा आबद्ध प्रिती राई पनि आजको खेलमा हुने छैनन् ।

यस साफ च्यापियनसिपमा विभिन्न छ राष्ट्र सहभागी छन् भने जसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान र श्रीलङ्का छ । पहिलो खेलमा नेपालले भुटानमाथि एक शून्य गोलको जित निकालेको थियो ।

प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको भूटान अङ्क तालिकाको शीर्ष स्थानमा छ । भूटानले श्रीलङ्कालाई चार शून्य गोलअन्तरले पराजित गरेको थियो ।

यसैगरी समान तीन अङ्क नै जोडेको नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको श्रीलङ्का तेस्रो स्थानमा छ । यसैगरी समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूहको शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइन यात्रा तय गर्नेछन् ।

नेपाल र श्रीलङ्काबीचको खेल स्थानीय समयअनुसार अहिले ४ः ३० बजे सुरु हुनेछ ।

वि.सं.२०८३ जेठ १७ आइतवार १६:५८ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...