back
CTIZAN AD

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

वि.सं.२०८३ जेठ १७ आइतवार

18 

shares

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका–३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गरेकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताइन् ।

ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सघाउँदै आएको छ । ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै आएका छन् ।

महिलाले उत्पादन गरेका कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताइन् । करिब सात वर्ष पहिले म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो ।

महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ ।

“पालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ । ती कार्यक्रममा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गर्दै आएका छौँ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौँ”, गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भनिन् ।

गाउँपालिकाले सात वर्ष पहिले महिलाका लागि सीपमूलक तालिम दिनुका साथै आवश्यक सामाग्री उपलब्धध गराउनुका साथै भवन बनाउन पनि सहयोग गरेको छन्त्यालले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले २५ लाख रुपैयाँ लगानी गरिसकेको छ । यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका उपाध्यक्ष छन्त्यालले जानकारी दिइन् ।

सुरुवातका दिनमा आफूले उत्पादन गरेका सामग्री बिक्री नभएर सास्ती भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएका घर्तीले बताइन् । महिला कल्याण आमा समूहको कोषाध्यक्षसमेत रहेकी उनले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राखिन् ।

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी...