back
CTIZAN AD

प्रधानमन्त्री दाहाल र मन्त्री झाङबीच भेटवार्ता

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

981 

shares

५ कात्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने बताउनु भएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनले अघि बढाएको ‘वान वेल्ट वान रोड’को सर्हाना गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री झाङले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको बताउँदै चिनीयाँ कम्पनीका लागि यहाँ काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०५:५४ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...