back
CTIZAN AD

तीनदशक फ्रान्स बसेपछि नेपालमा पहिलो प्रदर्शनी

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.1K 

shares

 ५ कात्तिक, ललितपुर । झन्डै तीन दशक फ्रान्समा रहेर चित्रकलामा सक्रिय कलाकार शैलेन्द्र महर्जनको नेपालमा पहिलो एकल चित्रकला प्रदर्शनी बुधबार सुरु भएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को लोगोसमेत तयार पार्नुभएका महर्जनको फ्रान्समा १० भन्दा बढी एकल प्रदर्शनी भइसकेको थियो । कला अध्ययन र कलाकारिताका क्रममा उहाँ २७ वर्ष फ्रान्स बस्नुभएको थियो । स्वदेशमा पहिलोपटक प्रदर्शनी गर्न लागेकाले आफू उत्साहित भएको कलाकार महर्जनले बताउनुभयो । प्रदर्शनीमा राखिएका कुनै पनि सृजना बिक्रीका लागि नभएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा बिक्री गरिरहे पनि यहाँ नबेच्ने योजना छ ।”

लामो समयसम्म विकसित मुलुक बसेर आएपनि कलाकारको कुनै पनि सृजनामा आधुनिकता पाइँदैन । मौलिक नेपालीपन उनको विशेषता भएको प्रदर्शनीमा रहेको सृजनामा देख्न पाइन्छ । मौलिक नेपाली जनजीवन, यहाँको संस्कृति, रीतिरिवाज उहाँका सृजनामा रहेका छन् । आफू फ्रान्समा बस्दासमेत नेपालमा प्रदर्शन गर्न चाहेको उहाँले दर्शकसँग बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले समय मिल्यो र प्रदर्शनी गर्दैछु ।” विदेशमा बस्ने नेपालीको स्वदेशप्रतिको आस्था र प्रेम उहाँको चित्रबाट सहजै बुझ्न सकिन्छ ।

पाटन म्युजियममा बुधबार र विहिबार भएको र शनिवार आर्ट काउन्सिल, बबरमहलमा हुने भनिएको प्रदर्शनीमा राखिएकामध्ये धेरै चित्रले परिवर्तित सामाजिक परिवेशमा नेपाली जीवन पद्धतिको महत्वलाई सहजरुपमा प्रस्तुत गरेका छन् । तैल चित्रमा सृजना, सन्तोष, आनन्द लगायतका शीर्षकमा सृजना राखिएका छन् । यीनले वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । गत वर्षको भूकम्पमा नास भएका सम्पदासमेत पानीचित्रमार्फत कलाकारले पुरानो झल्को दिनुभएको छ ।

आफ्नो लामो समयदेखिको सपना पूरा भएको महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै कुरा अनुकूल हुँदा मेरो इच्छा पूरा भएको छ ।” आफू सानैदेखि कलामा सौखिन भएको उहाँ बताउनुहुन्छ । अहिलेको प्रदर्शनी आफ्नो ‘ग्याप’ (अनुपस्थिति) हटाउनका लागि भएको पनि उहाँ बताउनुहुन्छ । २०४४ सालमा सार्कमा आबद्ध सात मुलुकका कलाकारबीच भएको प्रदर्शनीमा प्रथम भएर उहाँको हाल प्रचलित सार्कको लोगो छनोट भएको थियो ।

नेपालका धेरै सङ्घसंस्थाले अहिले पनि उहाँले बनाएको लोगो प्रयोग गर्दै आएका छन् । उहाँले गोरखा दक्षिणबाहु चौथो, युवा पुरस्कार लगायतका पुरस्कार पाइसक्नुभएको छ । कलाकार महर्जनले तीन दशकपहिले नेपाल सरकार र फ्रान्स सरकारको छात्रवृत्तिमा पेरिसबाट ललितकला आर्टमा स्नातक अध्ययन गर्नुभएको थियो । त्यहीँबाट उहाँको कलाकारिताको जीवन औपचारिक र पेसागत रुपमा सुरु भएको थियो ।

चित्रकार किरण मानन्धरले कलाकार लामो समय फ्रान्स बसेपनि महर्जनको सृजनामा नेपाली मौलिकता झल्कने बताउनुभयो । आफूले धेरै वर्षपहिले नै कलाकार महर्जनलाई नेपालमा प्रदर्शन गर्न सल्लाह दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले त्यो कुरा अहिले पूरा गर्नुभएको छ ।” रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०५:५८ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...