back
CTIZAN AD

पम्प सञ्चालक पक्राउ, म्याद थप

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.2K 

shares

५ कात्तिक,गौशाला । महोत्तरी प्रहरीले बुधबार जिल्लाको गौशाला नगरपालिका–७ स्थित एक पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेकोमा बिहिबार म्याद थप गरेको छ ।

पक्राऊ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा अवस्थित जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठ रहेको र उनलाई विहिबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार पेट्रोल पम्प सञ्चालक श्रेष्ठका छोरा नवीनले पम्पमै रहेको पेट्रोलको ट्याङ्कीमा बाहिरबाट ल्याएको फलामको ड्रमबाट तीनसय लिटर मट्टितेल मिसावट गर्दागर्दैको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका पम्प सञ्चालकका छोरा श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीमाथि कालोबजारी मुद्दा लगाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०५:५९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...