Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

पम्प सञ्चालक पक्राउ, म्याद थप



५ कात्तिक,गौशाला । महोत्तरी प्रहरीले बुधबार जिल्लाको गौशाला नगरपालिका–७ स्थित एक पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेकोमा बिहिबार म्याद थप गरेको छ ।

पक्राऊ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा अवस्थित जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठ रहेको र उनलाई विहिबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार पेट्रोल पम्प सञ्चालक श्रेष्ठका छोरा नवीनले पम्पमै रहेको पेट्रोलको ट्याङ्कीमा बाहिरबाट ल्याएको फलामको ड्रमबाट तीनसय लिटर मट्टितेल मिसावट गर्दागर्दैको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका पम्प सञ्चालकका छोरा श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीमाथि कालोबजारी मुद्दा लगाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले