Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट पुरस्कार’



 ५ कात्तिक,लमजुङ (बेसीसहर) । कृषि र पशुपालन क्षेत्रमा उष्कृष्ट कार्य गरिरहेका लमजुङका तीनजना कृषकले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गरेका छन् । जिल्ला कृषि विकास र पशु विकास कार्यालय लमजुङले संयुक्तरुपमा पुरस्कार वितरण गरेका हुन् ।

बिहीबार एक कार्यक्रमबीच बाग्लुङपानीका मनप्रसाद गुरुङ, इशानेश्वरका अमृत अधिकारी र जिताका बोधराज सेढार्इंलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत कृषकले नगद राशि रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्लाबाट सिफारिस भएको आधारमा क्षेत्र र राष्ट्रियस्तरबाट पनि पुरस्कार वितरण गर्ने प्रावधान छ । जिल्लामा रु १० हजार र क्षेत्रमा २५ हजार रुपैयाँ रहेको पुरस्कारको राशि केन्द्रमा भने रु दुई लाखको रहेको छ ।

पुरस्कृत हुने किसान मनप्रसाद गुरुङले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । बाग्लुङपानीमा रोयल बाख्रा फार्म सञ्चालन गरी गुरुङले व्यावसायिक रुपमा उन्नत जातका ब्याड बोकासमेत उत्पादन गर्दै आउनुभएको छ । अर्का पुरस्कृत व्यक्तित्व अमृत अधिकारी व्यावसायिक गाईपालक किसान हुनुहुन्छ । उहाँसहित अन्य साथीहरु मिलेर अमृतधारा दुग्ध सहकारीमार्फत व्यावसायिक गाईपालन गर्नुभएको छ ।

पुरस्कृत हुने अर्का व्यक्ति बोधराज सेढार्इं व्यावसायिक बाख्रापालक किसान हुनुहुन्छ । उहाँको पनि माउन्टेन एग्रो फार्म रहेको छ । उहाँले बाख्राबाहेक कफी लगायतका अन्य कृषिजन्य उत्पादन पनि गर्दै आउनुभएको छ ।

पुरस्कार पाएपछि किसानले आफूहरुलाई थप प्रेरणा मिलेको भन्दै कृषि र पशुपालनलाई अझै व्यावसायिक बनाउन लागिपर्ने बताउनुभएको थियो । उहाँहरुले बिचौलियका कारण किसान र उपभोक्ता दुवै मारमा परेको भन्दै बजार व्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा