back
CTIZAN AD

तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट पुरस्कार’

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

951 

shares

 ५ कात्तिक,लमजुङ (बेसीसहर) । कृषि र पशुपालन क्षेत्रमा उष्कृष्ट कार्य गरिरहेका लमजुङका तीनजना कृषकले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गरेका छन् । जिल्ला कृषि विकास र पशु विकास कार्यालय लमजुङले संयुक्तरुपमा पुरस्कार वितरण गरेका हुन् ।

बिहीबार एक कार्यक्रमबीच बाग्लुङपानीका मनप्रसाद गुरुङ, इशानेश्वरका अमृत अधिकारी र जिताका बोधराज सेढार्इंलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत कृषकले नगद राशि रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्लाबाट सिफारिस भएको आधारमा क्षेत्र र राष्ट्रियस्तरबाट पनि पुरस्कार वितरण गर्ने प्रावधान छ । जिल्लामा रु १० हजार र क्षेत्रमा २५ हजार रुपैयाँ रहेको पुरस्कारको राशि केन्द्रमा भने रु दुई लाखको रहेको छ ।

पुरस्कृत हुने किसान मनप्रसाद गुरुङले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । बाग्लुङपानीमा रोयल बाख्रा फार्म सञ्चालन गरी गुरुङले व्यावसायिक रुपमा उन्नत जातका ब्याड बोकासमेत उत्पादन गर्दै आउनुभएको छ । अर्का पुरस्कृत व्यक्तित्व अमृत अधिकारी व्यावसायिक गाईपालक किसान हुनुहुन्छ । उहाँसहित अन्य साथीहरु मिलेर अमृतधारा दुग्ध सहकारीमार्फत व्यावसायिक गाईपालन गर्नुभएको छ ।

पुरस्कृत हुने अर्का व्यक्ति बोधराज सेढार्इं व्यावसायिक बाख्रापालक किसान हुनुहुन्छ । उहाँको पनि माउन्टेन एग्रो फार्म रहेको छ । उहाँले बाख्राबाहेक कफी लगायतका अन्य कृषिजन्य उत्पादन पनि गर्दै आउनुभएको छ ।

पुरस्कार पाएपछि किसानले आफूहरुलाई थप प्रेरणा मिलेको भन्दै कृषि र पशुपालनलाई अझै व्यावसायिक बनाउन लागिपर्ने बताउनुभएको थियो । उहाँहरुले बिचौलियका कारण किसान र उपभोक्ता दुवै मारमा परेको भन्दै बजार व्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०६:०५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...