back
CTIZAN AD

गुडिरहेको गाडीबाट हाम्फालेर एक बेपत्ता

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.1K 

shares

५ कात्तिक,रत्ननगर (चितवन) । चितवनको घोप्टेभिरमा आज बिहान गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लास्थित दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन् । भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नंको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन् ।

आज बिहान करिब २ः३५ को समयमा उक्त घटना भएको हो । उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ । उनी भिर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ ।

गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ । खोजी जारी रहेको प्रहरीले जनाएको छ । अघिल्लो महिनामा त्यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उहाँका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीनजना बेपत्ता भएका थिए । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०६:०७ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...