back

गुडिरहेको गाडीबाट हाम्फालेर एक बेपत्ता

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

612 

shares
IME Limited
NTC AD

५ कात्तिक,रत्ननगर (चितवन) । चितवनको घोप्टेभिरमा आज बिहान गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लास्थित दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन् । भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नंको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन् ।

आज बिहान करिब २ः३५ को समयमा उक्त घटना भएको हो । उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ । उनी भिर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ ।

गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ । खोजी जारी रहेको प्रहरीले जनाएको छ । अघिल्लो महिनामा त्यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उहाँका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीनजना बेपत्ता भएका थिए । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०६:०७ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...