back
CTIZAN AD

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

वि.सं.२०७५ असोज २७ शनिवार

762 

shares

२७ असोज, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

विजयादशमी, दीपावली, नेपाल संवत् ११३९ र छठ पर्वको अवसरमा काठमाडौँ महानगरपालिका वडा नं ४ द्वारा यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माणमा लाग्न सबैसँग अपिल गरेका थिए ।

विविध जातजाति, भाषाभाषी, रहनसहन, संस्कृति भएको देश नेपालमा सामाजिक सद्भाव बचाउने गरी चाडपर्व मनाउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

प्रदेश नं.३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनताको भावनाअनुसार तीनवटै तहका जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो । वडा .ं। ४ का अध्यक्ष मोहनबहादुर विष्टले आफ्नो वडाले अहिलेसम्म बाटो निर्माण, पार्कहरूको निर्माण, ढल व्यवस्थापनलगायत विविध स्थानीय समस्या समाधान गर्दै आएको बताए ।

काठमाडौँ प्रतिनिधिसभा निर्वाचन नं ५ अन्तर्गत पर्ने वडा नं ४ को पूर्वमा धोबीखोला, पश्चिममा महाराजगञ्जस्थित लक्ष्मी निवासको प्यारा कम्पाउण्ड, कामपा २ र ३ वडा, उत्तरमा चक्रपथ कर्णाली होटल र बूढानीलकण्ठ नगरपालिका तथा दक्षिणमा विशालनगर, भाटभटेनी र टुकुचा खोला पर्दछ ।

विभिन्न धार्मिक तचथा ऐतिहासिक महत्वका स्थलहरु रहेको यस क्षेत्रमा प्राचीन तथा प्रख्यात टुँडालदेवी, लिच्छवीकालीन ध्रूम्रबाराही, चुनदेवी, पञ्चकुमारी, बालुवाटार महादेवस्थान, शिवस्थली, टुसालेश्वर, चन्द्रेश्वर महादेवजस्ता मन्दिर रहेका छन् ।

वि.सं.२०७५ असोज २७ शनिवार १३:०३ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...