back
CTIZAN AD

एनआरएनएको विधानसभा सम्पन्न, संघमा ६ उपाध्यक्ष रहने

वि.सं.२०७५ असोज २८ आइतवार

738 

shares

२८ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को विधान सभा संशोधन प्रस्ताव एवं सुझाव संकलन गर्दै सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टुवर १२, २०१८ शुक्रवार काठमाण्डौंमा सम्पन्न विधान सभाले प्रस्तावित विधानलाई अहिलेकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति बनेको हो । विधान समितिका संयोजक डा। हेमराज शर्मा र सहसंयोजक भवानी प्रसाद ओलीले प्रस्तुत गरेको विधानमाथि ७ समूहमा विभाजन गरेर छलफल भएको थियो । बिशेष गरि उपाध्यक्ष, डेलिगेट्सको छनोट, कर्मचारीको नियुक्ति र कारबाही जस्ता थुप्रै कुरा संसोधन सहित सुझाव संकलन गरिएको महासचिव डा बद्री केसीले जानकारी दिए ।

यस्तै भिजन २०२० एण्ड बियोण्ड अनुरुप नै संरचना हुने र सो अनुसार युवा तथा दोश्रो पुस्ताका लागि थप एक उपाध्यक्ष गरी ६ जना उपाध्यक्ष रहने विषयमा सकारात्मक सुझाव प्राप्त भएको बताइएको छ । विधानसभाले पास गरेको निर्णय सुझावको लागि मात्र पेश गर्न सकिने र विधान परिवर्तन गर्न विशेष साधारणसभा नै गर्नुपर्ने भएकाले विधानबाट विधानसभाको प्रावधान हटाउने सहमति भएको पनि महासचिव केसीले जानकारी दिए ।
उनका अनुसार वरिष्ठ उपाध्यक्षको पद समेत नरहने निर्णय प्रस्ताव गरिएको छ । उपाध्यक्षको योग्यता नतोकिकनै विजेताहरु मध्येकालाई आइसीसीले नै क्षेत्र विभाजन गर्ने, २ वर्षे कार्यकाललाई नै कायम राख्ने निर्णय भएको छ । २०१७ को अर्थात वर्तमान विधानका अधिकांश प्रावधान यथावत कायम गर्नेमा सबैजना सहमत भएका छन् ।

वि.सं.२०७५ असोज २८ आइतवार ११:२६ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...